निर्माण सम्पन्न नहुँदै अत्तरियाको ६ लेन सडक चिराचिरा « Khabarhub

निर्माण सम्पन्न नहुँदै अत्तरियाको ६ लेन सडक चिराचिरा


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

धनगढी- मोहना पुल अत्तरिया ६ लेन सडक निर्माण कार्य सम्पन्न नहुँदै फुट्न थालेको छ । त्रिनगर भन्सारदेखि नै ठाउँ ठाउँमा सडक फुटेको छ । साढे दुई अर्बको लगानीमा २०७१ मा निर्माण थालिएको सडकको काम पाँच पटक म्याद थप्दा समेत सम्पन्न हुन सकेको छैन ।

तीन खण्डमा ठेक्का लगाएको सडक निर्माण सम्पन्न नहुँदै फुट्न थालेपछि निर्माण कम्पनीको लापरबाहीको आरोप स्थानीयको आरोप छ । ‘अर्बौँको सडक निर्माण सम्पन्न नहुँदै फुट्न थालेको छ,’ धनगढीका व्यवसायी सुन्दर श्रेष्ठले भने, ‘निर्माण कम्पनीको लापरबाहीका कारण यस्तो समस्या आएको हो, सरकारले निर्माण व्यवसायीलाई कारबाही गर्नु पर्दछ ।’

तर, ६ लेन सडक आयोजना कार्यालय धनगढीले भने सवारीको क्षमताभन्दा बढी सामान ढुवानी हुँदा सडक फुट्ने समस्या आएको जनाएको छ । ‘अहिले फुटेको ठाउँ मर्मत गर्न हामीले निर्माण कम्पनीलाई भनिसकेका छौँ । उनीहरूले मर्मत पनि गर्लान्,’ ६ लेन सडक आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर भुवन भट्टले भने, ‘तर, त्यसको यथार्थ कारण बुझेनौँ भने मर्मत गरेर केही हुनेवाला छैन । सडक सुरक्षित बनाउन मालवाहक सवारीलाई क्षमताभन्दा बढी लोड बोक्नबाट रोक्नु जरुरी छ ।’

मालवाहक सवारी साधनको भारवहन निर्देशिका २०७४ अनुसार अघिल्लो तर्फ चालक र सहचालकसहित ३ जना यात्रु र पछाडि एक्सलको संख्या अनुसार १२ टनदेखि माथि सामान ओसार्न पाइने व्यवस्था छ । जसअनुसार चार पांग्रे सवारीले १२ टन, ६ पांग्रे सवारीले १६ दशमलव २ टन, १० पांग्रेले २५ टन, १२ पांग्रे सवारीले ३१ टन, १४ पांग्रे सवारीले ३५ टन र १८ पांग्रे सवारीले ४० दशमलव २ टन सामग्री बोक्न पाइने व्यवस्था रहेको छ ।

तर, त्यसको नियमन नहुँदा सवारीले तोकेकोभन्दा बढी तौल बोक्ने गरेको इन्जिनियर भट्ट बताउँछन् । सवारीले क्षमताभन्दा बढी सामान बोक्दा सडकमा सवारीको असन्तुलित चाप बढ्ने र त्यसले सडक नै भासिने गरेको उनले बताए ।

‘सडक सुरक्षाका लागि सवारीको लम्बाई, चौडाइ र उचाइ अनुसार भारको सन्तुलन मिलाएर सवारी चलाउनु पर्ने हुन्छ,’ उनले भने, ‘सानो सवारीमा धेरै लोड राख्दा सन्तुलन नमिलेर सडक चर्किने र भासिने हुन्छ । अहिले ६ लेनको हकमा पनि त्यही भइरहेको छ ।’

भारतबाट आउने सवारीको चेकजाँच भन्सार कार्यालयले गर्ने गरेको भए पनि उसले क्षमता अनुसारको सामान छ की छैन भन्ने बारेमा नहेर्ने गरेको उनी बताउँछन् ।  ‘त्रिनगर भन्सारमा धर्म काँटा रहेको छ,’ उनले भने, ‘हामीले भन्सारलाई सवारीको क्षमता कति हो भन्ने लिष्ट पनि उपलब्ध गराएका छौँ, तर, विना परीक्षण जति सामग्री ल्याए पनि भन्सारले पास गर्ने गरेको छ, त्यसपछि नियमन गर्ने निकाय नै छैन ।’

 त्रिनगर भन्सार कार्यालयकी सूचना अधिकारी अम्बिका केसीले भने भन्सार कार्यालयमा कुनै त्यस्तो परिपत्र नआएको बताइन् । ‘भन्सार कार्यालयले कागजमा भए अनुसारको सामान छ कि छैन भन्ने रुजु गर्ने काम मात्रै गर्ने हो,’ केसीले भनिन्, कसैलाई बढी कम ल्याउन भन्ने होइन ।’

क्षमताभन्दा बढी सामान बोके नबोकेको हर्ने जिम्मा ट्राफिक प्रहरीको भएको उनी बताउँछिन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका इन्चार्ज वकिल सिंहले भने ट्राफिकसँग भारवाहन परीक्षण गर्ने संयन्त्रनै नभएको बताए ।

भारतबाट आउने सवारीका लागि त्रिनगर भन्सारमा काँटा राखिएको छ,’ उनले भने, ‘पूर्वबाट आउने सवारीका लागि लम्कीमा र पहाड जाने सवारीका लागि गोदावरीमा धर्म काँटा छ, क्षमताभन्दा बढी सामग्री ओसारेको छ छैन काँटाले देखाउने हो । बाटोमा ट्राफिकले कसरी आंकलन गर्न सक्दछ ।’

सवारीले मापदण्डभन्दा बढी सामग्री राखेको पाइएमा तौल हुने ठाउँमै उतार्न लगाउनु पर्ने उनले बताए । ‘सडकमा हामीले पनि सवारी परीक्षण गर्छौँ,’ सिंहले भने, ‘कागजमा सबै ठिक भेटिएपछि रोक्ने कुरै हुँदैन, बाटाेबाटाेमा काँटाको हालसम्म व्यवस्था छैन ।’

मालवबाहक सवारीसाधनको भारवाहन नियमावली निर्देशिका २०७४ मा भने मालवाहक सवारीले क्षमताभन्दा बढी सामान ओसारोको पाइएमा त्यस्तो सामाग्री तत्काल हटाउन लगाई जरिवाना गरिनेछ । तर, भार छुटाउन नसकिने, नमिल्ने सामानको ढुवानी गर्नुपर्ने भएमा भने यातायात व्यवस्था कार्यालयको पूर्व स्वीकृति दिनुपर्ने हुन्छ । त्यसरी पूर्वस्वीकृति लिँदा अतिरिक्त शुल्क पनि तिर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  १ : ४० बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका