अवैध खसीबोका नियन्त्रण « Khabarhub

अवैध खसीबोका नियन्त्रण


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयको गस्ती टोलीले ५४ वटा अवैध खसीबोका नियन्त्रणमा लिएको छ ।

जिल्लाको शिवराज नगरपालिका–२ हल्लानगरबाट गए राति पिकअपमा लोड गरी चन्द्रौटातर्फ ल्याउँदै गरेको अवस्थामा ५४ वटा अवैध खसीबोका नियन्त्रणमा लिइएको कृष्णनगर भन्सार कार्यालयले जनाएको छ । भन्सार नगरी भारतबाट लुकाइछिपाइ ल्याइएको रु एक लाखभन्दा बढी मूल्य पर्ने अवैध खसीबोका अनुगमन टोलीले नियन्त्रणमा लिएको हो ।

पछिल्लो समय जिल्लाको विजयनगर गाउँपालिकामा रहेको नेपाल–भारत सीमामा खसीबोकालगायत अन्य तस्करी खुलारूपमा भइरहेको भन्ने सूचनाका आधारमा अनुगमन गरिएको कृष्णनगर भन्सार कार्यालय प्रमुख जनार्दन पौडेलले बताए।

एक हप्ताअघि मात्र सोही स्थानबाट ५० भन्दा बढी अवैध खसीबोका बरामद गरिएको भन्सार प्रमुख पौडेलले जानकारी दिए । महाराजगञ्ज क्षेत्रबाट दुई पिकअपमा लोड गरी लैजाँदै गरेको अवैध ५० खसीबोका गएको मङ्गलबार नियन्त्रणमा लिइएको भन्सार कार्यालले जनाएको छ ।

हल्लानगरमा समातिएको खसीबोका कहाँबाट ल्याएको भन्ने विषयमा अनुसन्धान भइरहेको भन्सारले जनाएको छ । हल्लानगर नजिकै रहेको इलाका प्रहरी कार्यालय सुन्दरीडाँडा, इलाका प्रहरी कार्यालय गणेशपुर र सशस्त्र बेस क्याम्पसमेत हुँदाहुँदै कसरी भारतबाट ल्याइयो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

खुला सिमानाका कारण खसीबोका तस्कर गर्ने गिरोह चाडपर्वको समयमा सक्रिय भएको पाइन्छ । बडादसैँ नजिकिँदै गर्दा अवैध खसीबोका ठूलो मात्रामा भित्रिरहेको स्थानीयवासी कृष्ण रैदासले बताए ।

सिमाना क्षेत्रमा सुरक्षा पोष्ट हुँदा पनि तस्करले झुक्याएर ठूलो मात्रमा खसीबोका नेपाल भित्र्याउने गरेको पाइन्छ । जिल्लाको विजयनगर क्षेत्रमा प्रहरी कार्यालय गणेशपुर, सशस्त्रको सीमा सुरक्षा पोष्ट डालपुर तथा सीमा सुरक्षा पोष्ट जवावैराठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अवैध चोरी निकासी नियन्त्रणमा लागेको जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ९ : ३४ बजे

परराष्ट्रले भन्यो- मध्यपूर्वबाट स्वदेश फर्किन चाहनेलाई जसरी पनि उद्धार गर्छौँ

काठमाडौं– परराष्ट्र मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण स्वदेश फर्किन चाहने नेपाली

फेक रेस्क्यु प्रकरण : तानिँदै एकपछि अर्का पर्यटन व्यवसायी, ट्रेकिङ कम्पनी सञ्चालक पासाङ पनि पक्राउ

काठमाडौं- विदेशी पर्यटकहरूलाई नक्कली उद्धार (फेक रेस्क्यु) देखाएर बीमा रकम

पोखरीमा एक महिलाको शव भेटियो

सिरहा– यहाँको औरही गाउँपालिका-५ स्थित एक पोखरीमा आज एक महिलाको

कुष्ठ प्रभावित व्यक्तिमाथि गरिने व्यवहार सुधार्न आवश्यक : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले कुष्ठरोग

हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला

काठमाडौं- हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला भएको छ ।