कैलालीमा एक सय ४४ जनाको उम्मेदवारी  « Khabarhub

कैलालीमा एक सय ४४ जनाको उम्मेदवारी 


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि कैलालीमा एक सय ४४ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा सदस्यका लागि ४८ र प्रदेशसभा सदस्य पदका लागि ९६ जनाको उम्मेदवारी परेको छ । कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेको छ । 

प्रमुख दलबाहेक ४२ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्रबाट प्रतिनिधिसभामा १० र प्रदेशसभाका लागि ३२ जनाको उम्मेदवारी परेको छ । कैलालीको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाका दुई स्वतन्त्रसहित १० जनाको उम्मेदवारी परेको छ । प्रदेशतर्फ १ (क) मा सात  राजनीतिक दलबाट छन् भने तीन स्वतन्त्र गरी १० जनाको उम्मेदवारी परेको प्रदेश (ख) मा आठ  राजनीतिक दलबाट छन् भने चार स्वतन्त्र गरी १२ जनाको उम्मेदवारी परेको छ । 

कैलालीको निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि नौ जना र प्रदेशसभातर्फ क्षेत्र नं २ (क) मा एक स्वतन्त्र र आठ राजनीतिक दलका गरी नौ जनाको उम्मेदवारी परेको छ भने क्षेत्र नं २ को (ख) मा चार स्वतन्त्र र सात जना राजनीतिक दलको गरी ११ जनाको उम्मेदवारी परेको हो । निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभामा दुई स्वतन्त्र र छ जना राजनीतिक दलका गरी आठ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं ३ को(क) मा दुई स्वतन्त्र र छ  राजनीतिक दलका गरी आठ जनाको उम्मेदवारी परेको छ ।

 त्यस्तै क्षेत्र नं ३ को (ख) मा सात जना स्वतन्त्र र छ जना राजनीतिक दलका गरी १३ जनाको उम्मेदवारी परेको छ । निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभामा एक स्वतन्त्र र नौ राजनीतिक दलका गरी १० जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं ४ को (क) मा ६ स्वतन्त्र र सात राजनीतिक दलका गरी १३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै क्षेत्र नं ४ को ख० मा दुई जना स्वतन्त्र र चार राजनीतिक दलका गरी छ जनाको उम्मेदवारी परेको छ । 

निर्वाचन क्षेत्र नं ५ मा प्रतिनिधिसभामा पाँच जना स्वतन्त्र र छ जना राजनीतिक दलका गरी ११ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं ५ को (क) मा एक स्वतन्त्र र पाँच जना राजनीतिक दलका गरी छ जनाको उम्मेदवारी परेको छ भने क्षेत्र नं ५ को (ख) मा एक स्वतन्त्र र सात राजनीतिक दलका गरी आठ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

 

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १ : ३३ बजे

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको