हुम्लामा तीन स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी « Khabarhub

हुम्लामा तीन स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

हुम्ला– आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि तीन  स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा चार, प्रदेशसभा ‘क’ मा छ र ‘ख’ मा छ गरी १६ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

गत बुधबारदेखि भएको निरन्तर भारी वर्षाका कारण हवाई सेवा बन्द हुँदा  अधिकांश उम्मेदवारहरूले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमार्फत  वारिसनामाबाट मनोनयन दर्ता गराएका हुन् । प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका छिरिङ डम्डोललामा (कार्चेन), नेकपा (एमाले) का दल रावल, माओवादी केन्द्र समाजवादीका  कर्णजित बुढाथोकी र राप्रपाका तेजबहादुर रावतसहित चार जनाले मनोनयन पत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका राप्रपाका रावत बाहेक लामा, रावल र बुढाथोकीले वारेसमार्फत मनोनयन पत्र दर्ता गराएका थिए । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेका छिरिङडम्डोलले माओवादी केन्द्रका जिल्ला कमिटी सचिव धर्मराज बोहराले पनि वारेसमार्फत  मनोनयन दर्ता गराए ।

एमालेका रावलको तर्फबाट उनका भाइ पुन्दबहादुर रावलले  र माओवादी केन्द्र समाजवादीका केन्द्रीय अध्यक्षसमेत रहेका कर्णजित बुढाथोकीले जिल्ला अध्यक्ष रङ्गमल रोकायामार्फत आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा मनोनयन दर्ता गराएका थिए । 

अहिलेसम्म पनि राष्ट्रिय सडक सञ्जालमा नजोडिएको नेपालको एक मात्र जिल्लाका रुपमा रहेको हुम्लामा वर्षाका कारण हवाई सेवा अवरुद्ध भएपछि निर्वाचन आयोगको केन्द्रीय कार्यालयमार्फत मनोनयन गराइएको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता शाही गठबन्धनका तर्फबाट प्रदेशसभा क्षेत्र नं ‘ख’ का प्रदेशसभा सदस्यका उम्मेदवार बनेका हुन् ।

मुख्यमन्त्री शाहीसँगै नेकपा एमालेका नेता छक्कबहादुर लामाले प्रकाश शाही र दल फडेराले गोकुल बुढाले पनि वारेसमार्फत  आयोगको केन्द्रीय कार्यालयमा मनोनयन पत्र दर्ता गराएका थिए । 

यसैगरी गठबन्धनकातर्फबाट प्रदेश निर्वाचन क्षेत्र (क)  को टिकट पाएका रणसिंह परियारले वारेसमार्फत जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा र मनोनयन दर्ता गराए । प्रदेश निर्वाचन क्षेत्र (क) मा गठबन्धनकातर्फबाट माओवादी केन्द्रका रणसिंह परियार, नेकपा (एमाले) बाट दल फडेरा, एकीकृत समाजवादीबाट हस्तबहादुर शाही, राप्रपाबाट छापे ऐडीसहित कांग्रेस नेता मङ्गलबहादुर शाही माओवादी केन्द्रका ध्रुवकुमार शाहीले स्वतन्त्ररुपमा  मनोनयन पत्र दर्ता गराए ।

यसैगरी प्रदेश निर्वाचन क्षेत्र (ख) मा गठबन्धनका तर्फबाट कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, एमालेका छक्कबहादुर लामा, राप्रपा नेपालका सुमन रावत, जनता समाजवादीका वलिराज शाही, राप्रपाबाट नैन रावत र माओवादी केन्द्रका वली रावतले स्वतन्त्ररुपमा मनोनयन दर्ता गराए ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ४ : ०० बजे

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं– सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी प्रबन्धलाई

बागमती प्रदेशसभा : दुई विधेयक बहुमतले पारित

मकवानपुर–  बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई

सरकारका सय दिन : जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज

काठमाडौं- सरकारले जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार,