निरन्तर परेको वर्षाले वर्षाले धान बालीमा क्षति « Khabarhub

निरन्तर परेको वर्षाले वर्षाले धान बालीमा क्षति


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– केही दिनयता निरन्तर परेको वर्षाले बाँकेमा धान बालीमा ठूलो क्षति भएको छ । कृषि ज्ञानकेन्द्र, बाँकेले दिएको प्रारम्भिक जानकारीअनुसार जिल्लाको कूल खेतीयोग्य जमिनमध्ये सात हजार चार सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा नोक्सानी भएको छ । 

अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा तीन सय ६५ हेक्टर, नरैनापुर गाउँपालिकामा तीन सय ८० हेक्टर, राप्तीसोनारी गाउँपालिकामा एक हजार छ सय ५० हेक्टर, डुडुवा गाउँपालिकामा एक हजार चार सय ६० हेक्टर र खजुरा गाउँपालिकामा एक हजार ९५ हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको कृषि ज्ञानकेन्द्र, बाँकेका निमित्त प्रमुख सकिल अहमदले जानकारी दिए ।

त्यस्तै वैजानाथ गाउँपालिकामा आठ सय ३० हेक्टर, कोहलपुर नगरपालिकामा सात सय ३० हेक्टर र जानकी गाउँपालिकामा नौ सय ५० हेक्टर क्षेत्रफलमा लगाइएको धानी बाली निरन्तर परेको वर्षाले डुबाएको छ । ‘अझै सबै स्थानीय तहको विस्तृत विवरण आएको छैन त्यसैले धान खेतीमा भएको क्षति बढ्न सक्छ’, ज्ञान केन्द्रका निमित्त प्रमुख अहमदले भने । 

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ४ : १४ बजे

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका