बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्न निर्देशन « Khabarhub

बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्न निर्देशन


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता गठबन्धनमा आवद्ध दलहरूले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमतिबिना उम्मेदवारी दिने नेताकार्यकर्तालाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन् ।

सत्तागठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र, नेकपा एस तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवारविरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरूले समयभित्रै आ–आफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो । 

निर्वाचन आयोगद्वारा निर्धारित समयसीमा २६ असोज दिउँसो १ बजेभित्र त्यस्ता सदस्यहरूले उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीहरूले निष्कासन गर्ने आज बसेको सत्ता गठबन्धनको बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ५ : ०५ बजे

सुन्धारा कारागारबाट फरार कैदी पक्राउ

बागमती– जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई मकवानपुर

क्यानडाको प्रान्तीय सभामा नेपालीलाई स्वागत, मे २९ मा ‘नेपाल डे’ मनाइने

काठमाडौं– क्यानडाको ब्रिटिस कोलम्बिया राज्यको प्रान्तीय सभामा नेपाली समुदायद्वारा गठित नेपाल

जेन-जी अगुवा मिराज ढुंगानाको कार्यालयमा आक्रमणः केही सदस्यमाथि हातपात

काठमाडौं – जेन-जी अगुवा मिराज ढुंगानाको कार्यालयमा आक्रमण भएको छ

कान्तिलोकपथको स्थलगत निरीक्षणमा मन्त्री घिसिङ

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान