प्रधानमन्त्री कप क्रिकेट : आर्मी फाइलनमा « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : आर्मी फाइलनमा


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभागीय टोली त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा आर्मी नेपाल पुलिस क्लबलाई दुई विकेटले हराउँदै फाइनलमा पुगेको हो । पुलिसले दिएको ३०५ रनको लक्ष्य आर्मीले ४९ दशमलव पाँच ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो ।

आर्मीको जितमा रोहित पौडेलले ८९ रनको अर्धशतकीय इनिङ खेले भने हरि चौहानले ७५ रनको योगदान दिए । राजेश पुलामीले अविजित ४३ रन बनाए भने शाहब आलम १ रनमा अविजित रहे । कप्तान विनोद भण्डारीले ३२ रन जोड्दा विक्रम सोबले ३० तथा अर्जुन साउदले ११ रन जोडे । भीम सार्कीले १० रन जोड्दा कुशल मल्ल शून्य रनमा आउट भए ।

पुलिसका करण केसी एक्लैले छ विकेट लिए भने राशिद खान र ललित राजवंशीले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३०४ रन बनाएको थियो । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ खेलेका थिए । दीपेन्द्रले सर्वाधिक १४० रन बनाए । यस्तै आरिफ शेखले अविजित रहँदै ९१ रनको अर्धशतकीय इनिङ खेले । 

त्यसैगरी करण केसी आठ रनमा अविजित रहे भने कुशल भुर्तेल ३१, सुनिल धमला १३ र अमित श्रेष्ठ १० रनमा आउट भए । आर्मीका विक्रम सोबले तीन विकेट लिए भने सुशन भारीले एक विकेट लिए । अब उपाधि भिडन्तमा आर्मी र एपीएफ क्लब भिड्नेछन् । फाइनल खेल भोलि शनिबार हुनेछ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पाउने छन् । 

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ७ : ४६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु