निर्वाचन प्रचारमा गरिने फजुल खर्च कम गर्न प्रमुख आयुक्तको आग्रह « Khabarhub

निर्वाचन प्रचारमा गरिने फजुल खर्च कम गर्न प्रमुख आयुक्तको आग्रह


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारका क्रममा हुने फजुल खर्चले वित्तीय अनुशासन उल्लघङ्नका साथै अर्थतन्त्रलाई प्रभावित पार्ने भएकाले कम खर्चमा मतदातासमक्ष दल र उम्मेदवारहरूलाई जान प्रेरित गर्ने गरी समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।

नेपाल टेलिभिजनले निर्वाचन अभिमुखीकरण तथा विषयवस्तु र प्राविधिक तयारीबारे आयोजना गरेको कार्यक्रममा उनले प्रतिस्पर्धात्मक समयमा स्थलमा गएर सही समाचार ल्याउन टेलिभिजनकर्मीलाई प्रविधि, जनशक्ति वा अन्य कुनै पक्षको अभावका नाममा गर्न खोजेको काम गर्न नसकिएको भन्ने छुट नभएको भनाइ राखे ।

सूचना दिएर जितिन्छ, लुकाएर जितिँदैन भन्ने मान्यताका साथ आयोगले सूचनामा सबैको समान पहुँच स्थापित गर्ने गरी संयन्त्र स्थापना र प्रवाह गरिरहेकाले तथ्य जाँच गरेर समयमा सही समाचार दिन उनले आग्रह गरे । प्रमुख निर्वाचन आयुक्त थपलियाले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको अनुगमन भइरहेकाले गालीगलौज र लाञ्छनायुक्त भनाइलाई रोक्न पाइँदैन भन्ने हिसाबले प्रस्तुत हुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे ।

प्रमुख आयुक्त थपलियाले जनताको अभिमत प्रकट हुनुपूर्व फलानो उम्मेदवार बलियो वा फलानो उम्मेदवार कमजोर भन्ने ढङ्गले समाचार वा मत सर्वेक्षण गर्न आचारसंहिताबमोजिम नपाइने भएकाले त्यसबाट सजग रहन आग्रह गर्दै मतदानको दिन र मतगणना कार्यको समाचार दिँदा अन्तर्राष्ट्रिय मान्यताअनुरूप तथ्यपरकता, सन्तुलित र विश्वसनीय समाचार प्रवाह गर्न आग्रह गरे ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ८ : ०८ बजे

बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप

काठमाडौं- आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम

आर्थिक शिथिलता चिर्ने प्रकारको मौद्रिक नीति आवश्यक

काठमाडौं– निजी क्षेत्रका प्रतिनिधि, बैंकर र पूर्व गभर्नरहरूले मुलुकको वर्तमान

‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन

काठमाडौं – ठूलो बजेटमा बनेको फिल्मका रुपमा दक्षिण भारतमा चर्चा

मालदह आँपको मूल्य बढ्यो

धनुषा– मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा