देशमा शान्ति र समृद्धि गठबन्धनले मात्र पूरा गर्न सक्छ : ओनसरी घर्ती « Khabarhub

देशमा शान्ति र समृद्धि गठबन्धनले मात्र पूरा गर्न सक्छ : ओनसरी घर्ती


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) की नेत्री एवं पूर्वसभामुख ओनसरी घर्तीले देशमा शान्ति र समृद्धि गठबन्धनले मात्र पूरा गर्न सक्ने बताएकी छन् ।

लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार घर्तीले आज यहाँ आयोजित घरदैलो कार्यक्रममा देशमा शान्ति, समृद्धि, स्थिर सरकार र संविधानको रक्षा गठबन्धनले मात्र पूरा गर्न सक्ने बताएकी हुन् ।

‘संविधानको रक्षा गर्दै जनताका आधारभूत आवश्यकतालाई सहज बनाउने काम गठबन्धनबाट मात्र सम्भव छ, आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारले जित्ने विश्वास लिएको छु’, उनले भनिन् ।

नेत्रृ घर्तीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहुमतको सरकार फुटाएर दुईपटक संसद् विघटन गरेकाले गठबन्धन गर्ने बाध्यता भएको बताईन् । अहिलेको व्यवस्था जोगाउन गठबन्धनका उम्मेदवारले जित्नुपर्ने उनको भनाइ थियो । उनले विगत पाँच वर्षमा जनप्रतिनिधिबाट मतदाता सन्तुष्ट नभएको पाइएको बताउँदै आगामी पाँच वर्षमा जनताको आवश्यकतालाई पूरा गर्न आफू लाग्ने विश्वास व्यक्त गरिन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ८ : ५८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु