मान्छेलाई आक्रमण गरी घरभित्र पसेको चितुवा मृत भेटियो « Khabarhub

मान्छेलाई आक्रमण गरी घरभित्र पसेको चितुवा मृत भेटियो


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

वालिङ – आज बिहान तीनजनालाई आक्रमण गरी घरभित्र पसेको चितुवा मृत भेटिएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ कफ्लेटीस्थित चण्डीप्रसाद पराजुलीको घरभित्र पसेको चितुवा मृत भेटिएको इलाका वन कार्यालय वालिङका प्रमुख सरोज जमरकट्टेलले बताए।

बिहान ९ः१५ बजेको समयमा खेतमा काम गरिरहेका एक पुरुषलाई आक्रमण गरेर आएको चितुवा पराजुलीको घरमा पसेको थियो । घरभित्र पसेको चितुवाले दुई महिलालाई आक्रमण गरी घाइते बनाएको थियो । मान्छेलाई आक्रमण गरी घाइते बनाएसँगै स्थानीयवासीले चितुवालाई घरमै थुनेका थिए ।

“घरमै थुनेर राखिएको अवस्थामा बिहान करिब ११ः३० बजेतिर घटनास्थलमा पुग्दा चितुवा जिउँदै थियो”, उनले भने, “दिउँसो ३ः३० बजेतिर चितुवालाई खोरमा हाल्न खोज्दा मरिसकेको थियो ।”

चितुवा बिरामी भएका कारण वा विष खाएर मानिसलाई आक्रमण गरेको हुनसक्ने र सोही कारण मरेको हुनसक्ने उहाँले आशङ्का व्यक्त गरे । मरेको चितुवालाई शल्यक्रियाका लागि डिभिजन वन कार्यालय स्याङ्जा लगिएको छ । शनिबार शल्यक्रिया गरिने भएकाले मृत्युको कारण पत्ता लाग्ने उनले बताए ।

चितुवाको आक्रमणबाट स्थानीय एक पुरुष र दुई महिला गरी तीनजना घाइते भएका थिए । घाइतेहरूको अनुहार, छाती र पाखुरामा गहिरो चोट लागेकाले पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ९ : ३९ बजे

बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप

काठमाडौं- आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम

आर्थिक शिथिलता चिर्ने प्रकारको मौद्रिक नीति आवश्यक

काठमाडौं– निजी क्षेत्रका प्रतिनिधि, बैंकर र पूर्व गभर्नरहरूले मुलुकको वर्तमान

‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन

काठमाडौं – ठूलो बजेटमा बनेको फिल्मका रुपमा दक्षिण भारतमा चर्चा

मालदह आँपको मूल्य बढ्यो

धनुषा– मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा