राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक : नारायणकाजी श्रेष्ठ « Khabarhub

राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक : नारायणकाजी श्रेष्ठ


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भरतपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । चितवनको माडीमा भएको लोकतान्त्रिक–वाम गठबन्धनका अगुवा नेता तथा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा उनले इतिहासको विभिन्न कालखण्डमा दलहरूबीच एकता गरिएको उल्लेख गर्दै अहिलेको आवश्यकताले गठबन्धन निर्माण गरिएको बताए ।

उनले देशमा दुई खालका गठबन्धन प्रतिगमन र अग्रगमन बीचको लडाइँमा अग्रगामीहरूले विजयी हासिल गर्नुपर्ने धारणा राखे । संविधान र लोकतन्त्रको रक्षासँगै विकास र समृद्धिका लागि गठबन्धनमा केन्द्रीकृत हुन उनले पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

जनताको आवश्यकता पूरा गर्न एकीकृत हुने विषय प्राकृतिक गठबन्धन नै भएको उनको दाबी छ । तत्कालीन समयमा शान्ति प्रक्रियादेखि नै गठबन्धन भएको स्मरण गराउँदै उहाँले स्थायी सरकार निर्माण गर्न गठबन्धनका दलहरू एकतामा जोडिनुपर्ने उनको तर्क छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १० : १३ बजे

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं