डोटी भूकम्प पीडितलाई राहत रकम हस्तान्तरण « Khabarhub

डोटी भूकम्प पीडितलाई राहत रकम हस्तान्तरण


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

डोटी – दिपायल, खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर बुधबार बिहान गएको भूकम्पबाट घर भत्काउँदा च्यापिएर मृत्यु भएका मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ ।

डोटी जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका आफन्त पदमबहादुर बोहरालाई रु चार लाख, विस्नादेवी बोहरालाई रु तीन लाख र महावीर बोहरालाई रु दुई लाख घटनास्थलमा गई वितरण गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

त्यस्तै पूर्ण क्षति भएका १८ घरपरिवारलाई टेन्ट, ब्ल्याङ्केट, खाद्यान्न उपलब्ध गराइएको छ । सायल गाउँपालिकामा ३०/३० थान त्रिपाल र ब्ल्याङ्केट पठाइएको र पूर्वीचौकीको सिमलडाँडाका १० घरपरिवारलाई कात्तिक २६ गते राहत सामग्री पठाउन व्यवस्था मिलाइएको प्रजिअ कल्पना श्रेष्ठले बताए । स्थानीय तहको प्राविधिक, नजिकको प्रहरी एकाइ र रेडक्रसको संलग्नतामा भौतिक क्षतिको प्रारम्भिक विवरण सङ्कलन भइरहेको प्रशासनले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी विभिन्न निर्णयका साथै भौतिक क्षतिको सर्भे, मूल्याङ्कनका लागि प्राविधिक कर्मचारी पठाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अनुरोध गरिएको पनि जनाइएको छ । भूकम्पबाट जिल्लाका अन्य पालिकाहरूमा घरहरू चर्केको तथा भत्केको भए पनि पूर्वीचौकी र सायल गाउँपालिकामा बढी भौतिक क्षति पुगेको छ । पूवीचौकी गाउँपालिकामा मान्छे नबस्ने दुई घरसहित ३० घरमा पूर्ण क्षति भएको छ भने अन्य धेरै घरहरू चर्केको निरीक्षण टोलीले जनाएको छ ।

सो निरीक्षण टोलीमा प्रजिअ श्रेष्ठ, पूर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्याय, प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, स।प्र।उ।वीर सिंह शाहु, प्र.अ.अ. डिगम्वर गिरी, रेडक्रस सोसाइटीका सभापति लक्षि कुँवर सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १० : ४९ बजे

सर्वोच्चले कांग्रेसको महाधिवेशन रोक्ने सम्भावना देख्दिनँ : उपसभापति शर्मा

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५ औँ महाधिवेशनको

ट्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु

पर्सा– पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुधेश्वरनाथ महादेव मन्दिर नजिक

बलात्कारीको बास कहाँ छ ?

केही दिनअघि तीन वर्षकी एउटी बालिका बलात्कृत भएको समाचार आयो।

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्