मतदाताको सर्त : ‘अब पनि हामीमाथि धोका नहोस्’ « Khabarhub

मतदाताको सर्त : ‘अब पनि हामीमाथि धोका नहोस्’


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्थानीयवासी रोजिना तामाङ अघिल्ला निर्वाचनमा उम्मेदवारले पूर्वाधार निर्माणलगायतका विषयमा दिएका आश्वासन अझैसम्म पूरा नभएकामा सन्तुष्ट नभएपछि यस पटकको निर्वाचनमा त्यो धोका नहुने विश्वासका साथ नयाँ उम्मेदवारको खोजीमा छन्।

ठूला थुँगा भएको सयपत्री फूलको माला बोकेर घरदैलोमा आएका उम्मेदवारको स्वागतका लागि जुट्नुभएकी तामाङ विगतको तितो अनुभवलाई यस पटक उम्मेदवारले दोहो¥याउन्नन् भन्नेमा पनि त्यत्तिकै विश्वस्त छन् ।

‘जो उम्मेदवार आए पनि झुटा आश्वास र भ्रम फैलाएर मतदातालाई आकर्षित गर्छन् तर, यसपटक नयाँ उम्मेदवारले चाहिँ केही गर्लान् कि भन्ने आशा छ’ उनले भने ।

शङ्खरापुर वडा नं १ को नाङ्लेभारेमा चुनावी घरदैलोअन्तर्गत मत माग्दै गरेका काठमाडौँ क्षेत्र नं २ का लागि प्रतिनिधिसभा सदस्य उम्मेदवार ओनसरी घर्तीलाई माला लगाउँदै तामाङले आफ्नो सर्त राखे । जवाफमा उम्मेदवार घर्तीले आफ्नो वाचा र प्रतिबद्धतामा आँच आउन नदिने विश्वास दिलाए । उनले भने, ‘मलाई निर्वाचित गराएर पठाउनुस् म तपाईंहरूको विश्वासलाई व्यवहारमा परिणत गरिदिन्छु ।’

देशको सङ्घीय राजधानी काठमाडौँ नजिकको गाउँका मतदाताको एउटै सर्त छ, ‘अब पनि हामी (मतदाता) माथि धोका नहोस् ।’ सहर नजिकको गाउँमा विकासको लहर होला भन्ने सहजै अनुमान गर्न सकिन्छ । सहरकै दुर्गम गाउँको विकासको दुर्दशा हेर्न काठमाडौँको शङ्खरापुरको नाङ्लेभारे, चापावोटर आसपासको क्षेत्रलाई लिन सकिन्छ । धुलाम्मे सडक, खानेपानी, बिजुलीको अभावका साथै गाउँमा शिक्षा र स्वास्थ्यको सहजता पनि छैन ।

कृषिमा आबद्ध ३२ वर्षीया तामाङका दुई छोरा छोरी छन् । छोराछोरीको पढाइको जोहोका लागि श्रीमान् विदेशमा छन् । तामाङको भन्दा फरक छैन गाउँकै निर्मला शिवभक्तिको पनि । तर पनि उनी आशातीत छन् ।

तामाङ र शिवभक्तिको प्रतिनिधि भनाइ जस्तै नाङ्लेभारेको खासगरी माथिल्लो भेगमा खानेपानीको असाध्यै समस्या रहेछ । गाउँमा भेटिएका प्रायःजसो मतदाताले गाउँमा खानेपानीको अभाव, सडक र बत्तीको समस्याको फेहरिस्त सुनाए । पानीका लागि सङघर्ष गर्नुपर्दाको पीडा खुलेरै सुनाए ।

काठमाडौँको पूर्वोत्तर क्षेत्रमा पर्ने नाङ्लेभारे गाउँको समस्या सुन्दा राजधानीकै गाउँको दयनीय अवस्थाले बत्तीमुनिको अँध्यारोको झझल्को दिएको छ । तर पनि प्रत्येक निर्वाचनमा उम्मेदवारले गाउँलेलाई विभिन्न विकास पूर्वाधारका आश्वासन भने दिन छाडेका छैनन् । यो पटक गठबन्धनका उम्मेदवारले पुराना अपूरा बाचा पूरा गर्नेमा गाउँले पनि विश्वस्त देखिन्छन् ।

रत्नपार्कबाट करिब ३० किलोमिटर दूरीमा पर्ने नाङ्लेभारेमा खड्किएको शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुली र किसानको समस्याले राजधानी सहर ‘नजिकको तीर्थ हेला’ झैँ भएको गाउँलेले अनुभव सुनाए । नाङ्लेभारेकै ७२ वर्षीय कृषक कमलनाथ ढकाल पनि सडक, बत्ती र मलको अभाव खड्किएको अनुभव ए

सोही गाउँका ६८ वर्षीय मेघप्रसाद दङ्गाललाई गाउँमा खानेपानी, सडक, शिक्षा र स्वास्थ्यको यथोचित व्यवस्थापन भइदिए हुन्थ्यो भन्ने लागेको छ । “गाउँको समस्या जहाँको तहीँ छ, गाउँमा बत्ती, सडक र पानीको समस्या छ । अरु आश्वासनभन्दा पनि सडक, पानी र बत्तीको जोहो गरिदिए राहत हुने थियो, गठबन्धनका उम्मेदवारले केही गर्लान् कि भन्ने आशाा छ”, उनले भने ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १० : ५९ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने