क्रोएसियासँग हार्दा मानसिक रूपमा क्षतविक्षत भएँ : नेयमार « Khabarhub

क्रोएसियासँग हार्दा मानसिक रूपमा क्षतविक्षत भएँ : नेयमार


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ब्राजिलयन फुटबलर नेयमारले पेनाल्टी सुटआउटमा क्रोएसियासँग पराजित भएसँगै आफ्नो टोली २०२२ को विश्वकपबाट बाहिरिँदा आफू ‘मानसिक रूपमा क्षतविक्षत’ भएको बताएका छन् । शुक्रबार क्वार्टर फाइनलमा पेनाल्टी सुटआउटमा क्रोएसियाले ब्राजिललाई ४–२ को गोल अन्तरले पराजित गरेको थियो ।

‘म मनोवैज्ञानिक रूपमा क्षतविक्षत भएको छु’, नेमारले इन्स्टाग्राम पोस्टमा भनेका छन्, ‘पक्कै पनि यो पराजयले मलाई सबैभन्दा बढी चोट पुर्‍यायो । जसले मलाई प्रतियोगितापछि १० मिनेटसम्म पक्षाघात गरायो । त्यसपछि रोक्नै नसक्ने गरी आँखाबाट आँशु चुहियो ।’

उनले अगाडि लेखेका छन्, ‘दुर्भाग्यवश यसले धेरै लामो समयसम्म चोट दिनेछ ।’ उनको पोस्टलाई १ करोड ८८ लाखले लाइक गरेका छन् ।

नेयमारल जारी कतार प्रतियोगिता आफ्नो अन्तिम विश्वकप हुनसक्ने संकेत गरे ।

नेयमारको भावनात्मक इन्स्टाग्राम पोस्टपछि जवाफमा ब्राजिलका फुटबल लिजेन्ड पेलेले उनलाई ‘निरन्तर प्रेरणा बन्न’ आग्रह गरेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  १ : ४३ बजे

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ