क्रोएसियासँग हार्दा मानसिक रूपमा क्षतविक्षत भएँ : नेयमार | Khabarhub Khabarhub

क्रोएसियासँग हार्दा मानसिक रूपमा क्षतविक्षत भएँ : नेयमार


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ब्राजिलयन फुटबलर नेयमारले पेनाल्टी सुटआउटमा क्रोएसियासँग पराजित भएसँगै आफ्नो टोली २०२२ को विश्वकपबाट बाहिरिँदा आफू ‘मानसिक रूपमा क्षतविक्षत’ भएको बताएका छन् । शुक्रबार क्वार्टर फाइनलमा पेनाल्टी सुटआउटमा क्रोएसियाले ब्राजिललाई ४–२ को गोल अन्तरले पराजित गरेको थियो ।

‘म मनोवैज्ञानिक रूपमा क्षतविक्षत भएको छु’, नेमारले इन्स्टाग्राम पोस्टमा भनेका छन्, ‘पक्कै पनि यो पराजयले मलाई सबैभन्दा बढी चोट पुर्‍यायो । जसले मलाई प्रतियोगितापछि १० मिनेटसम्म पक्षाघात गरायो । त्यसपछि रोक्नै नसक्ने गरी आँखाबाट आँशु चुहियो ।’

उनले अगाडि लेखेका छन्, ‘दुर्भाग्यवश यसले धेरै लामो समयसम्म चोट दिनेछ ।’ उनको पोस्टलाई १ करोड ८८ लाखले लाइक गरेका छन् ।

नेयमारल जारी कतार प्रतियोगिता आफ्नो अन्तिम विश्वकप हुनसक्ने संकेत गरे ।

नेयमारको भावनात्मक इन्स्टाग्राम पोस्टपछि जवाफमा ब्राजिलका फुटबल लिजेन्ड पेलेले उनलाई ‘निरन्तर प्रेरणा बन्न’ आग्रह गरेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  १ : ४३ बजे

रविको नाममा अड्कियो हलो

काठमाडौं- सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति गठन

मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व संकलन

भद्रपुर– मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा

सहकारी ठगी प्रकरण : माइतीघरमा नेविसंघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– सहकारी ठगी प्रकरण र झापाको गिरीबन्धु टि-स्टेटमा भएको भनिएको नीतिगत

नयाँ बजेटमा यस्ता छन्‌ निर्माण व्यवसायीका माग र सुझाव (भिडियो)

काठमाडौं – सरकारले जेठ १५ गते ल्याउन लागेको बजेटमा निर्माण

नेपालगञ्जमा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु भएको छ