साउथह्याम्पटनको सहज जित « Khabarhub

साउथह्याम्पटनको सहज जित


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले ब्रेन्टफोर्डलाई ४-१ गोल अन्तरले हराएको छ ।

घरेलु मैदानमा मंगलबार राति भएको खेलमा जान बेडनारेकले पाँचौ मिनेटमा गोल गर्दै साउथह्याम्पटनलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको २३ औं मिनेटमा भिटाली जानेटले गोल गर्दै ब्रेन्टफोर्डलाई १-१ को बराबरीमा ल्याए ।

त्यसपछि अल्भारो फर्नान्डेजले ३७ औं मिनेटमा आत्मघाती गोल गरेपछि साउथह्याम्पटन २-१ ले अघि रह्यो ।

खेलको ४९ औं मिनेटमा अर्मान्डो बोर्जा र ७० औं मिनेटमा एडम चेले गोल गरेपछि घरेलु टोली ४-१ ले विजयी भएको हो ।

यस जितसँगै साउथह्याम्पटनले २० खेलमा २४ अंक जोडेको छ भने ब्रेन्टफोर्ड २३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ७ : ४८ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत