पाकिस्तानमा टीटीपी सक्रिय, तालिबासँग गहिरो सम्बन्ध « Khabarhub

पाकिस्तानमा टीटीपी सक्रिय, तालिबासँग गहिरो सम्बन्ध


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – तहरीक ई तालिबान पाकिस्तान (टीटीपी) संगठन विस्तारमा सक्रिय रहेको छ। विशेष गरी पाकिस्तानमा कार्यकर्ता भर्तीको लागि सम्भावित क्षेत्रहरूमा, संगठन र यसका नेताहरू भूमिगत भए पनि तालिबासँग यसको सम्बन्ध बलियो रहेको पाइएको छ।

टीटीपीले डिसेम्बर ८ मा जारी गरेको पश्तो (उर्दू सबटाइटल सहित) ५८ मिनेटको भिडियोमा टीटीपी प्रमुख नूर अली महसुद आफ्ना सहयोगीहरूसँग मलाकन्द, बाजौर, मर्दान, पेशावर, खैबर, दारालगायत पाकिस्तानको खैबर पख्तुनख्वाका विभिन्न जिल्लाहरूको भ्रमण गरेको देखाइएको छ।

टीटीपीले तयार पारेको भिडियोहरू महत्त्वपूर्ण प्रभाव पार्ने उद्देश्यले राखिएका छन् र विभिन्न चुनौतीहरूको सामना गर्दै आफूलाई दिगो बनाउने संस्थाको क्षमतालाई चित्रण गर्ने उद्देश्यले राखिएको छ। तालिबानसँग टीटीपीको सम्बन्ध गहिरोरुपमा जरा गाडेर बसेको छ। यद्यपि तालिबानले यस पक्षलाई स्पष्ट रूपमा हाइलाइट गरेका छैनन्। कार्यात्मक स्तरमा तालिबानसँग टीटीपीको सम्बन्ध बलियो छ, र टीटीपीले कुनै अस्पष्टता बिना यो मुद्दा हाइलाइट गर्ने काम जारी राखेको छ।

आफ्नो भर्खरैका भाषणहरूमा, नूर अलीले तालिवानको नियमित रूपमा प्रशंसा गर्दै आएका छन् र आफ्नो समूह इस्लामिक इमिरेट्स अफ अफगानिस्तानको एक शाखा भएको बताइरहेका छन्। उनले टीटीपीले अफगानिस्तानमा तालिबानलाई बलियो बनाउन सक्ने सबै कदम चाल्नेसमेत बताएका छन्। नूर अलीले टीटीपीको अन्तिम उद्देश्य पाकिस्तानमा शरिया शासन स्थापना गर्नु रहेको र पाकिस्तान शरिया अन्तर्गत नआएसम्म समूहले संघर्ष जारी राख्ने बताएका छन्।

टीटीपीले हालसालै प्रधानमन्त्री इमरान खानले उठाएको मुद्दामा उनीहरूको अडान पनि लिएको छ, जहाँ उनले पाकिस्तानले अफगानिस्तानमा रहेको टीटीपीबाट आक्रमणको सामना गरिरहेको उल्लेख गरेका थिए। यद्यपि, तालिबानसँग कुनै गलतफहमी हुन नदिन र यस विषयमा आफ्नो अडान दोहोर्‍याउनको लागि, नूर अलीले पाकिस्तान बाहिर गतिविधिहरू सञ्चालन गर्न चासो नराख्ने र पाकिस्तानमा लक्षित आक्रमण गरिरहेको तथ्यलाई जोड दिएका थिए।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  १० : २७ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल वैशाख १६ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १६ गते बुधबार। वैशाख

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख १६ गते बुधबार। वैशाख

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग