एमाले कास्कीको अध्यक्षमा खगराजलाई पराजित गर्दै गुरुङ निर्वाचित « Khabarhub

एमाले कास्कीको अध्यक्षमा खगराजलाई पराजित गर्दै गुरुङ निर्वाचित


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – सानो सानो संगठनमा पनि आफ्नो प्रभाव खोज्ने केन्द्रीय सदस्य खगराज अधिकारी अन्ततः आफ्नै जिल्लाको राजनीतिमा पछि परेका छन् । एमाले जिल्ला कमिटीको निर्वाचनमा अधिकारीले खडा गरेका प्रमुख पदहरु गुमाए । अध्यक्षमा उपमहासचिव तथा पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्यानलबाट मनबहादुर गुरुङ निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी दामोदर बैरागीलाई ४९ मतान्तरले पछि पार्दै गुरुङले अध्यक्ष जितेका हुन् । गुरुङले ४ सय ५६ मत पाउँदा बैरागीले ४ सय ७ मत पाए । गुरुङ कार्यवाहक अध्यक्ष थिए भने बैरागी सचिवमा काम गरेर कमिटीबाट बाहिरिएका हुन् ।

उपाध्यक्षमा पनि गुरुङ प्यानलकै तेजनारायण अधिकारीले जिते । निकटतम प्रतिश्पर्धी प्रभा कोइरालालाई ८ मतले हराएका हुन् । अधिकारीको ४ सय २१ मत आएको छ भने कोइरालाको ४ सय १३ मत छ । बाँकी पदाधिकारी बैरागी प्यानलका उम्मेद्वार विजयी भए । सचिवमा बैनबहादुर अधिकारी क्षेत्री सबैभन्दा फराकीलो मतान्तरले विजयी हुँदा गुरुङ प्यानलका विष्णु केसी हारे । अधिकारीले ४ सय ७५ मत पाउँदा केसीको ३ सय ६४ मत मात्रै छ ।

उपसचिवमा लेखबहादुर तामाङ (दर्शन लामा) र नवराज ओझा विजयी भएका छन् । लामाले सर्वाधिक ५ सय ४० मत ल्याएका छन् । अर्का विजयी ओझाले ४ सय ६३ मत मत पाए । पराजीत भएका गुरुङ प्यानलका इमानराज पौडेलले ३ सय ५५ र मनबुजा विकले २ सय ३७ मत पाएका छन् । सदस्यहरुको मतगणना ११ बजेपछि गर्ने सहमति छ । ९ सय १९ मतदाता मध्ये कास्कीमा ८ सय ९४ मत खसेको थियो ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  १० : ४० बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी