सुपर दोर्दी ‘ख’ ले आगामी असारदेखि विद्युत उत्पादन थाल्ने « Khabarhub

सुपर दोर्दी ‘ख’ ले आगामी असारदेखि विद्युत उत्पादन थाल्ने


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– दोर्दीखोलामा पिपुल्स हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाले असार ०७९ भित्र बिजुली उत्पादन गर्ने तयारी गरेको छ । आयोजनाको ८५ प्रतिशत काम सम्पन्न भएको सुपरदोर्दी ’ख’ का प्रोजेक्ट डाइरेक्टर अर्जुन गौतमले बताए । उनका अनुसार आयोजनाको विद्युत गृहको सिभिल संरचना पूरा गरी उपकरण जडान गरिरहेको छ ।

उनले यसै महिनाबाट विद्युत् उत्पादन गर्ने तयारी गरे पनि बाढी र कोरोना महामारीका कारण निर्माण प्रभावित हुँदा विद्युत् उत्पादन गर्ने मिति पछाडि धकेलिएको बताए । पछिल्लो तालिकाअनुसार आयोजनाको सबै काम पूरा गरेर असार ०७९ भित्र उत्पादन सुरू गर्ने लक्ष्य छ ।

गत असारमा आएको बाढी पहिरोले बाँध क्षेत्रको संरचना बगाएसँगै बाँध क्षेत्र पुनर्निर्माण भइरहेको छ । बाढीपहिरोले बाँध क्षेत्रसम्म पुग्ने पहुँच मार्ग समेत बगाएको थियो ।

यस्तै, एक हजार एक सय मिटर पेनस्टक पाइप जडान पनि भइरहेको छ । उपकरण जडान पूरा गरी आगामी जेठमा परीक्षण गर्ने लक्ष्य रहेको कम्पनीका प्रबन्ध निर्देशक केशव रायमाझीले बताए ।

सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत् दोर्दी कोरिडोर प्रसारण लाइनको कीर्तिपुर सबस्टेसनमा जोडिनेछ । आयोजना सम्पन्न गर्न आठ अर्ब ८० करोड लागत अनुमान गरिए पनि निर्माण अवधि लम्बिदा खर्च बढ्ने प्रोजेक्ट डाइरेक्टर गौतमले बताए । आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ वटा बैंकले पाँच अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । आयोजनाको २०७२ सालमा विद्युत् खरिद सम्झौता (पीपीए) भएको हो ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  १ : ४५ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको