राष्ट्रिय एकता अभियानद्वारा चिनियाँ राजदूत होउ यान्छीको पुतला दहन « Khabarhub

राष्ट्रिय एकता अभियानद्वारा चिनियाँ राजदूत होउ यान्छीको पुतला दहन


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय एकता अभियानले चिनियाँ हस्तक्षेप बढेको आरोप लगाउँदै काठमाडौँमा बिरोध प्रदर्शन गरेको छ। अभियानले नेपालमा चिनियाँ हस्तक्षेप बढेको, अघोषित नाकाबन्दी गरेको, चीनमा अध्ययनरत नेपाली बिद्यार्थीहरुको पढाई सुचारु गर्न पहल नगरेको, चिनियाँ राजदूतले कूटनीतिक सीमा नाघेको लगायत आरोप लगाउँदै काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो।

प्रदर्शनमा चीन र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी बिरुद्ध चर्को नाराबाजी गरिएको थियो। राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवको नेतृत्वको आन्दोलनका क्रममा प्रदर्शनकारीले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको तस्बीर समेत जलाए।

चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै अभियन्ताहरुले ‘गो ब्याक चाइना’ लगायतका प्ले कार्ड बोकेका थिए। अभियानले हिजो जनकपुरको जनकचोकमा पनि चीन बिरुद्ध प्रदर्शन गरेको थियो। आजै नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरिरहेको भन्दै स्वतन्त्र नागरिक समूहका नाममा माइतिघरमै चीनविरुद्ध विरोध प्रदर्शन भएको थियो।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ७ : १३ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित