‘रुघाखोकीबाट बालबालिकालाई जोगाऔँ’ « Khabarhub

‘रुघाखोकीबाट बालबालिकालाई जोगाऔँ’



पछिल्लो समय बालबालिकामा निमोनियाको समस्या बढ्न थालेको छ । बालबालिकालाई निमोनियाबाट जोगाउन के गर्नुपर्छ भनेर हामीले बालरोग विशेषज्ञ डा. राजु सेढाईसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ डा. सेढाईसँग गरिएको कुराकानीको सम्पादित अंश :

अहिले बालबालिकामा निमोनियाको समस्या बढ्दो अवस्थामा देखिन्छ कारण के होला ?

प्रायः जाडो महिनामा रुघा खोकी बढि नै हुन्छ । यो मौसमी समस्या हो तर, अहिलेको रुघाखोकी अलि फरक खालको छ । कोभिडको समयमा रुघाखोकी लाग्ने सबैलाइ त निमोनिया भएको छैन ।

कतिपयलाई त सामान्य रुघाखोकी भएर ठीक भएको छ भने केही सख्यामा निमोनिया पनि देखिएको छ। कोभिड बाहेक अन्य विभिन्न व्याक्टेरियाले पनि निमोनिया भएको छ। बच्चालाई रुघा लाग्दैमा निमोनिया भएको भन्ने हुदैन । तर रुघाखोकी लाग्दा सचेतता भने अपनाउनपर्छ ।

निमोनिया अथवा सामान्य रुघाखोकी कसरी थाहा पाउने ?

निमोनिया तथा रुघाखोकीका उमेर अनुसार लक्षण फरक हुन्छन । जस्तो एक दुई महिनाको बच्चाले दुध चुस्न नसक्नु, ज्वरो आउने, श्वास छिटो छिटा फेर्ने घाटी घ्यार घ्यार गर्ने भयो भने निमोनियाको संकेत भन्ने बुझ्न पर्छ । अर्को पाँच बर्षसम्मको उमेरका बच्चामा सामान्यभन्दा धेरै रुघाखोकी लाग्ने, कडा खालको ज्वरो आउने, श्वास फेर्न गाह्रो भयो घाटी घ्यार घ्यार भयो भने त्यो निमोनिया भनेर बुझिन्छ।

त्यो भन्दामाथिको उमेरमा बच्चा एकदमै बिरामी छ कडा खालको रुघाखोकी छ भने निमोनिया हो भनेर थाहा पाउन सकिन्छ।

निमोनिया खोपले कसरी काम गर्छ, कुन उमेरमा लगाउनु पर्छ ?

निमोनिया गराउने ब्याक्टेरिया तथा भाइरसकाविरुद्ध साथै एन्टीबडी बनाउनको निमोनिया खोप दिइन्छ । नेपाल सरकारले धेरै रोगको निधानका लागि निःशुल्क खोप प्रदान गर्दछ ।

लहरेखोकी, टिटानास, हेमोफेल्सिन, निमोकोकल भन्ने दुई वर्षभन्दा कमउमेरको बच्चालाई दिइन्छ । हेमोफेल्सिन १४ हप्ताको अन्तरालमा दिइन्छ। यी खोप आउनुभन्दा अघि भ्यागुते रोग, लहरेखोकीलगायत अरु गम्भीर प्रकृतिका रोगका लागि खोप दिइने गरिन्थ्यो । खोपलाई आम मानिसले प्राथमिकतामा राख्नुपर्छ । खोपले धेरै फाइदा पुग्छ ।

एक पटक लगाएको खोपले कति समय काम गर्छ ?

खोप लगाउँदैमा रोग नलाग्ने भन्ने होइन । जुन भाइरसको विरुद्धमा खोप दिइन्छ त्यसले त्यही रोगको विरुद्धमा मात्र काम गर्छ। खोपको काम गर्ने अवधि त्यही खोप लगाउँदा थाहा हुन्छ ।

एक पटक निमोनिया भएपछि कति समयसम्म जोखिम निम्ताउँछ ?

निमोनिया लामो समय रहने रोग होइन। कतिपय अबस्थामा इम्युनिटी पावर कम भएको अबस्थामा सामान्य रुघाखोकीले पनि ठुलो रुप लिन्छ। तर इम्युनिटी पावर राम्रो भएको, रोगसगँ लड्न सक्ने क्षमता भएको बच्चा छ भने उसलाइ फेरि पनि निमोनिया होला भनेर डराउनु पर्दैन। राम्रो उपचार पायो भने एक पटकभन्दा धैरै पटक हुन्छ भन्ने छैन।

निमोनिया भनेको फोक्साको रोग हो। जस्तो फोक्सोमा पानी .जम्यो भने पछिसम्म असर गर्छ । फोक्सो ड्यामेज भयो भने तबमात्र असर गर्ने हो।

निमोनिया हुन नदिन के कुरामा ध्यान दिनुपर्छ ?

विषेश गरी सरसफाइमा ध्यान दिनुपर्छ, खानपानमा ध्यान दिनुपर्छ ।

नवजात शिशुको लागी आमाको दूध खुवाउने, समयमा खोप लगाउने गर्नाले रोग लाग्नबाट बचाउन सकिन्छ। बेला बेला स्वास्थ्य जाँच गर्नुपर्छ ।

बच्चालाई तातो पार्ने भन्दै बन्द कोठामा राख्न हुँदैन । धुवामा राख्नु हुँदैन । बच्चा भोलिका देशका कर्णदार हुन। उनीहरूको विशेष ख्याल गर्नुपर्छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ६ : ५४ बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच