‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’ गर्न काठमाडौं महानगरको आग्रह « Khabarhub

‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’ गर्न काठमाडौं महानगरको आग्रह


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालीहरूको दोस्रो ठूलो वर्प तिहार सुरु भएसँगै काठमाडौं महानगरपालिका (कामपा)ले बजार अनुगमनलाई तीव्र बनाउँदै उपभोक्तालाई स्वच्छ खाना उपलब्ध गराउन सम्बन्धित सबैलाई आग्रह गरेको छ । महानगरभित्रका मिठाई व्यवसाय सञ्चालक तथा व्यवसायसँग सम्बन्धित श्रमिकप्रति लक्षित गर्दै कामपाले आग्रह गरेको हो ।

कामपालको ‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्न कामपाको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले आग्रह गरे । न्यौपानेले भने, ‘तिहारमा अघिका प्रयोग गरिने मिठाईजन्य खाद्य वस्तुलाई सुरक्षित, स्वच्छ र उपभोक्तामैत्री बनाउन व्यवसायीहरूमा कानूनको पालना गर्दै स्वच्छ खाना उपलब्ध गारउनुपर्छ ।’

कामपाले प्राविधिक र स्वच्छता मिठाई व्यवसायसँग सम्बन्धित कानूनी प्रावधान, व्यवसाय सञ्चालनका क्रममा अपनाइने अभ्यास, खाद्य स्वच्छता कायम राख्ने तरिका, मिठाईमा प्रयोग गरिने रङ र सामग्री, बिक्री–वितरण र प्रशोधनस्थलको अवस्था, आवश्यक भौतिक संरचना, लेबलिङ प्रक्रिया परीक्षण आदिबारे विस्तृत प्रशिक्षण समेत दिइसकेको छ ।

कामपाका खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका सल्लाहकार सन्तोष गिरीका अनुसार महानगरले व्यवसाय सुधारका लागि सशक्तीकरण, अनुगमन र नियमनलाई विशेष प्राथमिकता दिएको छ । कामपाले मिठाई व्यवसायीहरूमा स्वच्छता र गुणस्तरप्रतिको चेतना बढाउने अपेक्षासमेत गरेको छ । आगामी दिनमा यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई नियमित रूपमा निरन्तरता दिने योजना बनाएको छ । अन्य समयमा कहिलेकाहीँ मात्रै बजार अनुगमन गर्ने कामपाले चाडपर्व लागेसँगै बजार अनुगमन नियमित रूपमा गरिरहेको छ ।

केही दिनअघि नयाँ बानेश्वर क्षेत्रमा रहेका साना होटेल तथा रेष्टुराँ व्यवसायमा अनुगमन गर्दा अधिकांश व्यवसाय मापदण्डविपरीत सञ्चालनमा रहेका पाइएको पनि कामपाले जानकारी दिएको छ । प्रमुख न्यौपानेका अनुसार कानूनविपरीत सञ्चालन गरिएको व्यवसायलाई नियमअनुसार आउन निर्देशन दिइएको र अटेर गरे कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रमुख नुरनिधि न्यौपानेका अनुसार सङ्क्रमण सानो लापार्वाहीबाट पनि फैलिन सक्ने भएकाले सरसफाइमा ध्यान दिनु व्यवसायीकै हितमा पर्छ उनले भने, ‘महानगर अनुगमन गरेर व्यवसायीलाई तर्साउन चाहँदैन, सबैले आफ्नो कर्तव्य र जिम्मेवारी नबिर्सौँ, सरसफाइमा ध्यान दिनु उपभोक्ता र व्यवसायी दुवैको फाइदाको कुरा हो ।’ (रासस)

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ११ : २४ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित