देउमाई गोल्डपकप फुटबल फागुन पहिलो सातादेखि « Khabarhub

देउमाई गोल्डपकप फुटबल फागुन पहिलो सातादेखि


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

इलाम – जिल्लाको देउमाई नगरपालिकाको मङगलबारेमा आगामी फागुन पहिलो सातादेखि प्रथम देउमाई आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

खेलकुदका माध्यमबाट खेल पर्यटनको प्रवर्द्धन गर्न तथा ग्रामिण क्षेत्रमा खेलाडी उत्पादन गर्ने उद्येश्यले सो प्रतियोगिता फागुन ७ देखि १४ गतेसम्म सञ्चालन गरिने छ । युनाइटेड देउमाई युथ क्लब र देउमाई नगरपालिकाले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । स्थानीय १६ युवाको सक्रियतामा दुई महिना अघि मात्र क्लब स्थापना भएको हो । भानुभक्त माविको छात्राबास खेल मैदानमा सो प्रतियोगिताका खेल सञ्चालन हुने आयोजक समितिका अध्यक्ष हेमराज लिम्बूले जानकारी दिए ।

प्रतियोगितामा जिल्ला बाहिरका तीनसहित आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले रु एक लाख तथा उपविजेताले रु ५० हजार पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगितामा जिल्लाका ओएसिस क्लब, हेलिबोथ एफसी बिब्ल्याँटे, पशुपति गण इलाम, भेनस एफसी फिक्कल र देउमाई युथ क्लब तथा सशस्त्र प्रहरी बल सुनसरी, डाँगिहाट एफसी बेलबारी र फिदिम स्पोर्टीङ्ग क्लब पाँचथरको सहभागिता रहने अध्यक्ष लिम्बूले बताए।

नेपाल आइसको मुख्य प्रायोजन रहेको उक्त गोल्डकपको प्रथम पुरस्कार उसले नै प्रदान गर्नेछ । करिब रु २० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि हालसम्म रु पाँच लाख ५० हजार संकलन भएको बताइएको छ । देउमाई नगरपालिकाले रु तीन लाख सहयोग गरेको छ । देउमाई नगरपालिका वडा नम्बर ५ ले रु ५० हजार तथा वडा नम्बर ४ ले रु ३० हजार सहयोग गरेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ७ : ५० बजे

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या