सिलादीका दलित सुकुम्बासीलाई लालपुर्जा « Khabarhub

सिलादीका दलित सुकुम्बासीलाई लालपुर्जा


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी – जिल्लाको मालिका गाउँपालिका–७ घमिरका विपन्न १२ दलित परिवारले लालपुर्जा पाएका छन् । उनीहरु सडक निर्माणपछि गाउँ नै पहिरोको जोखिममा परेकाले २२ वर्षदेखि सिलादीस्थित सार्वजनिक जग्गामा बस्दै आएका थिए ।

सार्वजनिक वन क्षेत्रमा बसोबास गरिरहेका विपन्न परिवार घर, पानी, बिजुलीलगायतका सुविधाबाट वञ्चित थिए । सार्वजनिक जग्गामा सुकुम्बासीका रुपमा बसोबास गरिरहेका दलित विपन्न परिवारको आधारभूत मानवअधिकार र नागरिक हकबाट वञ्चित भएको विषयलाई लिएर स्थानीय तहको आलोचना भएको थियो । मालिकाले जनप्रतिनिधि निर्वाचित भएकै वर्षबाट सुकुम्बासी व्यवस्थापनको प्रयास गरिरहेको थियो । उनीहरुलाई गाउँपालिकाले डिहीमा जग्गा खरिद गरेर बसोबासको व्यवस्था गरेको गाउँपालिकाका प्रमुख रीतबहादुर थापाले बताए।

सिलादीको वन नजिकै ५४ वर्षीय जुठे सुनारले ऊर्जाशील २२ वर्ष बिताए । घर चुहिने थियो । उनी पिउने पानी र बिजुलीबाट पनि वञ्चित थिए । लालपुर्जाको आशमा थुप्रै पटक नेताको आश्वासन मात्र पाएका थिए । तर अहिले गाउँपालिकाले लालपुर्जा नै वितरण गरेको छ । ‘लालपुर्जा पाइने आशमा थुप्रै वर्ष बितेको थियो, तर अहिले हातमा पुर्जा नै आयो ।’ उनले भने, ‘लालपुर्जाले मुहारमा खुसी छाएको छ ।’

सोही ठाउँकै ७० वर्षीय गोरे सार्कीले लालपुर्जा पाएपछि संसार जितेजस्तै महसुस भएको प्रतिक्रिया दिए । उनले भने, ‘गाउँपालिकाले घरसँगै पानी बिजुली दिने भएकाले खुसी छौँ ।’ गाउँपालिकाले प्रतिपरिवार जग्गा खरिदका लागि रु ५० हजार उपलब्ध गराएको छ भने घर पनि गाउँपालिकाले नै निर्माण गरिदिने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए।

घरका लागि प्रतिपरिवार रु दुई लाख गाउँपालिकाले उपलब्ध गराउने गिरीले जानकारी दिए । गाउँपालिकाले प्याकेजमै विपन्न परिवारको व्यावस्थापनको योजना अगाडि बढाएको छ । अब एकीकृत बस्ती निर्माणको काम अगाडि बढाइने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ११ : १५ बजे

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

काठमाडौं–  प्रहरी प्रधान कार्यालयले काठमाडौंगायत प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर

बीमा सेवाको औषधि बाहिरबाट किन्न लगाउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने बोर्डको चेतावनी

काठमाडौं– स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपचार गरिरहेका बिरामीलाई बीमा प्याकेजमा

जावलाखेल चिडियाखानामा ११२ प्रजातिका एक हजार २७३ जीवजन्तु

ललितपुर– राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालित सदर चिडियाखानामा हाल ११२

भस्मेखोला निमकोट लप्से सिँचाइ कुलो निर्माण धमाधम हुँदै

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका-३ निमकोट र लप्सेका खेतीकिसानका लागि महत्त्वपूर्ण

वायु प्रदूषण घटाउ विश्व बैंकबाट सात अर्ब सात करोड बढी सहयोग

काठमाडौँ– विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर