बृषेश चन्द्रलालले छाडे लोसपा, पुनः दर्ता भएको तमलोपाबाट राजनीति गर्ने   « Khabarhub

बृषेश चन्द्रलालले छाडे लोसपा, पुनः दर्ता भएको तमलोपाबाट राजनीति गर्ने  


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लामो समय देखी महन्थ ठाकुर नेतृत्वलाई साथ दिँदै आएका प्रभावशाली नेता बृषेशचन्द्र लालले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)वाट अलग भएका छन् ।

ठाकुर नेतृत्वको लोसपा नेपाल परित्याग गरेका लालले पुरानो पार्टी तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) पुनः दर्ता गरेर सोही पार्टीमार्फत राजनीतिक गतिविधि गर्ने भएका हुन् ।

‘लोसपा संस्थागत रुपमा चल्न सकेन, लोसपा मात्रै होइन जसपा पनि संस्थागत रुपमा चल्न सकेको अवस्था छैन, एउटा केपी ओलीको पछाडि लागेको छ भने अर्को पार्टी प्रचण्डजीको पछि लागेको अवस्था छ,’ लालले भने, ‘मधेस आन्दोलनको मर्म र भावना विपरीत मधेसका नेताहरू सत्ता र कुर्सीका लागि ज्यान फाल्न थाले पछि मधेस आन्दोलनका आन्दोलनकारीहरूको भावनालाई सम्बोधन गर्न लोसपा छाडेको हुँ ।’

उनका अनुसार महन्थ ठाकुर र उपेन्द्र यादवको नेतृत्वको पार्टीले मधेस केन्द्रित दलको पहिचान गुमाउँदै गएकाले पार्टी छाड्न विवश भएको हो । ‘मधेस आन्दोलनमा सक्रिय साथीहरूको सल्लाह अनुसार तमलोपा निर्वाचन आयोगमा पुनः दर्ता भएको छ, अबको राजनीति म यसैबाट गर्ने निष्कर्षमा पुगेको छु,’ लालले थपे, ‘स्थानीय तहको निर्वाचनमा उम्मेदवार तमलोपाबाट खडा गर्ने गरी गृहकार्य भइरहेको छ, साथीहरू क्रमशः हामीसँग जोडिँदै जानु भएको छ ।’

नेता लालका अनुसार रघुशंकरलाल कर्णका संयोजकत्वमा निर्वाचन आयोगमा पुनः दर्ता भएको तमलोपामा संविधानसभा सदस्य डा. विजय सिंहलगायतका मधेस आन्दोलनका सारथिहरू रहेका छन्, संगठन विस्तारका लागि फागुन पहिलो साताबाट तराई मधेसका सबैजसो जिल्लामा औपचारिक कार्यक्रम गर्ने तयारीसमेत भइरहेको छ ।

लाल तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालकातर्फबाट राष्ट्रियसभा सदस्यसमेत विजयीसमेत भएका थिए ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  १ : ०० बजे

उठ्नै सकेन नेप्से, सबै समूह भए राताम्य 

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकार बनेदेखि औसत रूपमा तल झरेको

कांग्रेसको असन्तुष्ट समूहले खोल्यो छुट्टै कार्यालय

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर असन्तुष्ट समूहले छुट्टै केन्द्रीय कार्यालय

कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी नियुक्त

काठमाडौं– कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी नियुक्त भएका

निःशुल्क स्वास्थ्य पोर्टलबाट २२ सय बढी बिरामीले पाए सेवा

काठमाडौं-सरकारले सञ्चालनमा ल्याएको ‘निःशुल्क स्वास्थ्य पोर्टल’ मार्फत हालसम्म दुई हजार

नेप्सेका सिईओ चापागाईँले दिए राजीनामा

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ)