मन्त्रालयको काम बुटवलमा, प्रदेश स्थापना दिवस दाङमा « Khabarhub

मन्त्रालयको काम बुटवलमा, प्रदेश स्थापना दिवस दाङमा


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा अझै सबै मन्त्रालय सरिसकेका छैनन् । दुईवटा मन्त्रालय सरेपनि मन्त्री र कर्मचारी बुटवलमै बस्छन् । पूर्वाधार नबनिसकेकाले दाङको देउखुरीमा मन्त्रालय सार्न समस्या छ । तर, लुम्बिनी प्रदेश सरकारले सबै मन्त्रालय सरि नसक्दै दाङमा प्रदेश स्थापना दिवस मनाउने निर्णय गरेको छ ।

तीन दिनसम्म विभिन्न कार्यक्रम गरी दाङमा स्थापना दिवस मनाउने निर्णय गरिएको लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए ।

अहिलेसम्म प्रदेशका सबै काम कारवाही अस्थायी राजधानी बुटवलबाटै भरहेका छन् । तर प्रदेश सरकारले हालसम्म सञ्चालन भैरहेको क्षेत्र छाडेर प्रदेश स्थापना दिवस मनाउन दाङको देउखुरी रोजेको हो ।

मन्त्री शर्माका अनुसार फागुन १ देखि ३ गते सम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको हो । मन्त्रालयहरु सरिनसकेको भएपनि प्रदेशको स्थायी राजधानी दाङ तोकिएकाले दाङमै स्थापना दिवस मनाउने निर्णय गरिएको उनले जानकारी दिए ।

कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राख्दा स्थापना दिवसमा प्रतिकात्मक कार्यक्रम गरिने उनले बताए । प्रदेश सरकारले यसपटक झाँकीसहितको प्रदर्शनको कार्यक्रम भने नगर्ने भएको छ । स्थानीय तहबाट पनि स्थापना दिवसमा सहभागिता नगराइने मन्त्री शर्माले बताए । स्थापना दिवसकै अवसरमा प्रदेश सरकारले घोषणा गरेका विभिन्न पदक सीमित संख्यामा सहभागी गराएर वितरण गर्ने तयारी छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  २ : ०० बजे

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि

शोभाको लघुकथाकृति ‘आमाको आँखा’ सार्वजनिक

काठमाडौं – लघुकथा लेखनमा कलम चलाउँदै आएकी सर्जक शोभा अधिकारीको

एकैदिन कर्णालीका दुई महिलाको हवाई उद्धार

कर्णाली – आज कर्णाली प्रदेश अन्तर्गतका जिल्ला हुम्ला र कालीकोटका

पूर्णबहादुर खड्कालाई भेटेपछि गगनले भने : वृहत्तर एकताका लागि पहल सुरु गरेको छु

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका

यौन हिंसाको कानुनबारे संवेदनशील बन्न आग्रह

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्‍वर