पनौती मकर मेलाले दिनभर राजमार्ग जाम « Khabarhub

पनौती मकर मेलाले दिनभर राजमार्ग जाम


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– काभ्रेपलाञ्चोकको धार्मिकस्थल पनौतीमा लागेको एकमहिने मकर मेलाका कारण आज भक्तपुरको सवारी आवागमन अस्तव्यस्त भएको छ । मेलाको आज अन्तिम दिन बिहानैदेखि मेला भर्न जानेहरूले प्रयोग गरेको सवारीसाधनको घुइँचो लागेपछि अरनिको राजमार्ग खण्डको भक्तपुरको सल्लाघारीबाट पनौतीसम्मको सार्वजनिक तथा निजी सवारी आवागमन अस्तव्यस्त बनेको हो ।

महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी नायब उपरीक्षक राम केसीले मकर मेला भर्न जाने र फर्कने रिजर्भ तथा निजी र सार्वजनिक सवारीसाधनको चाप अत्यधिक भएपछि बिहानैदेखि अरनिको राजमार्ग खण्डअन्तर्गत सल्लाघारी–साँगा सडकमा घण्टौँ सवारी जाम हुँदा ट्राफिक व्यवस्थापनमा समेत समस्या परेको जानकारी दिए ।

अरनिको राजमार्गमा घण्टौँ जाम भएपछि यस राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको भक्तपुरको च्यामासिं, ताथली, नाला हुँदै बनेपा जाने सडकमा समेत सवारी चाप बढेको छ । यो मार्ग भएर आज बिहानैदेखि लामो रुटका सवारीसाधन, मेलामा जान रिजर्भ गरिएका र निजी सवारीसाधनको चाप बढेपछि यो मार्गमासमेत सवारी जाम भएको छ ।

मुख्य अरनिको राजमार्गमा भएको सवारी जामले अलपत्र यात्रु गन्तव्यमा पुग्न सास्ती भएको प्रहरीको भनाइ छ । साँझसम्मै सडक जाम हुने अवस्था आएपछि सडक जाम खुलाउन प्रहरीको टोली सल्लाघारीबाट काभ्रेको सिमाना साँगासम्म प्रहरी परिचालन गरिएको बताइएको छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ६ : ०० बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित