भोलिबाट बिनायात्रु रेल चल्ने, फागुन १० भित्र उद्घाटन « Khabarhub

भोलिबाट बिनायात्रु रेल चल्ने, फागुन १० भित्र उद्घाटन


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– भोलिबाट बिनायात्रु जनकपुर–जयनगर रेल चल्ने भएको छ ।

उद्घाटन नभएसम्म ‘ड्राई रन’ अर्थात् खाली रेल सञ्चालनमा ल्याउन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए ।

उनले फागुन १० गतेभित्र उद्घाटनको तयारी गरेको पनि जनाए । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेलको उद्घाटन गर्ने अहिलेसम्मको कुरा छ । यद्यपि, उद्घाटनको मिति तय हुन बाँकी रहेको पनि उनले स्पष्ट पारे ।

रेल अब नियमित चल्ने र यसका लागि ट्रयाकनजिक रहेका हाट बजारहरूसमेत खालि गराइसकेको उनले बताए । आइतबारदेखि नियमित रूपमा दैनिक एक पटक जनकपुरधामको मुख्य स्टेशन (कुर्था)–जयनगरसम्म रेल ओहोरदोहोर गर्नेछ ।

रेल सञ्चालनका लागि चालकसहितका प्राविधिक कर्मचारीका लागि भारतीय रेल कम्पनी केआरसीएल कम्पनीसँग दुई पक्षीय जीटूजी सम्झौता भएको पनि महाप्रबन्धक झाले बताए । बाँकी प्रशासनिक तथा सहयोगी गरी ६५ कर्मचारी भर्ना गरी तालिमसमेत दिई सकिएको उनले बताए ।

नेपाल सरकारले दुई वटा रेल खरिद गरेको झण्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो । खरिद गरिएका रेल लामो समयदेखि धनुषाको ईनर्वा स्टेशनमा त्रिपाल मुनि छोपिएर राखिएको थियो ।

कम्पनीले कुर्थादेखि जयनगरसम्मको जेनरल ७० र एसीमा ३ सय रुपैयाँ भाडा तोकेको छ । कुर्थादेखि जयनगरसम्म ५ स्टेशन र ३ वटा हल्ट रहेका छन् । रेल्वेको टिकट स्टेशन र हल्ट दुवै स्थानमा उपलब्ध हुनेसमेत महाप्रबन्धक झाले बताए ।

भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँको सहयोगमा निर्माण हुने जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्गअन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालन हुन लागेको हो ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  १० : ५२ बजे

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी