भोलिबाट बिनायात्रु रेल चल्ने, फागुन १० भित्र उद्घाटन | Khabarhub Khabarhub

भोलिबाट बिनायात्रु रेल चल्ने, फागुन १० भित्र उद्घाटन


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– भोलिबाट बिनायात्रु जनकपुर–जयनगर रेल चल्ने भएको छ ।

उद्घाटन नभएसम्म ‘ड्राई रन’ अर्थात् खाली रेल सञ्चालनमा ल्याउन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए ।

उनले फागुन १० गतेभित्र उद्घाटनको तयारी गरेको पनि जनाए । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेलको उद्घाटन गर्ने अहिलेसम्मको कुरा छ । यद्यपि, उद्घाटनको मिति तय हुन बाँकी रहेको पनि उनले स्पष्ट पारे ।

रेल अब नियमित चल्ने र यसका लागि ट्रयाकनजिक रहेका हाट बजारहरूसमेत खालि गराइसकेको उनले बताए । आइतबारदेखि नियमित रूपमा दैनिक एक पटक जनकपुरधामको मुख्य स्टेशन (कुर्था)–जयनगरसम्म रेल ओहोरदोहोर गर्नेछ ।

रेल सञ्चालनका लागि चालकसहितका प्राविधिक कर्मचारीका लागि भारतीय रेल कम्पनी केआरसीएल कम्पनीसँग दुई पक्षीय जीटूजी सम्झौता भएको पनि महाप्रबन्धक झाले बताए । बाँकी प्रशासनिक तथा सहयोगी गरी ६५ कर्मचारी भर्ना गरी तालिमसमेत दिई सकिएको उनले बताए ।

नेपाल सरकारले दुई वटा रेल खरिद गरेको झण्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो । खरिद गरिएका रेल लामो समयदेखि धनुषाको ईनर्वा स्टेशनमा त्रिपाल मुनि छोपिएर राखिएको थियो ।

कम्पनीले कुर्थादेखि जयनगरसम्मको जेनरल ७० र एसीमा ३ सय रुपैयाँ भाडा तोकेको छ । कुर्थादेखि जयनगरसम्म ५ स्टेशन र ३ वटा हल्ट रहेका छन् । रेल्वेको टिकट स्टेशन र हल्ट दुवै स्थानमा उपलब्ध हुनेसमेत महाप्रबन्धक झाले बताए ।

भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँको सहयोगमा निर्माण हुने जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्गअन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालन हुन लागेको हो ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  १० : ५२ बजे

डिल्लीबजार कारागारबाट भागेका कैदी स्थानीयको नियन्त्रणमा, बुझाए सेनालाई

काठमाडौँ – काठमाडौँको डिल्लीबजार कारागारबाट भागेका एक कैदीलाई स्थानीयले समातेर

कांग्रेस नेता केसीले भने- जेन–जी पुस्ता यति हिंस्रक हुन सक्दैन, असन्तुष्टिकोको फाइदा अराजकहरूले लिए

काठमाडौँ– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जेन–जी पुस्ताले सुरू गरेको

घर जलाए पनि जनताप्रतिको समर्पण जलाउन सक्दैनन् : महेश बस्नेत

काठमाडौं– नेकपा (एमाले)का नेता महेश बस्नेतले जेन–जी पुस्ताका नाममा घर

सडकमा सेनाको गस्ती, मानिसलाई फर्काउँदै घरतिर (तस्बिरहरू)

काठमाडौँ- नेपालका कयौँ ऐतिहासिक सम्पदा ध्वस्त पार्ने गरी मंगलबार भएको

निरन्तर जल्दैछ साढे अर्बमा बनेको हिल्टन होटल (तस्बिरहरू)

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुत्र जयवीरको लगानी रहेको