भिजिट भिसामा दुबई पुगेका १३ नेपाली अलपत्र, आफ्नो उद्धार र एजेन्टलाई कारबाहीको माग  « Khabarhub

भिजिट भिसामा दुबई पुगेका १३ नेपाली अलपत्र, आफ्नो उद्धार र एजेन्टलाई कारबाहीको माग 


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेका १३ नेपाली युवा अलपत्र परेका छन् । उनीहरु विगत चार महिनाअघि दुबई पुगेका हुन् ।

अलपत्र पर्नेहरुमा राजु सुनाम, सुदिप सारु मगर, कुवेर तामाङ, दिनेश सहनी, सजिर हुसेन, विजयनन्द यादव, धनबहादुर बयम्बु, रामचन्द्र बिक, दावा लामा, सुदर्शन बिकलगायत छन् ।

उनीहरुलाई एजेन्ट सुशील दोङ तामाङले दुबई पुर्‍याएका हुन् । उनीहरूलाई पीएसबीडी सिक्युरिटी गार्डमा काम लगाईदिने र तलब पनि राम्रो हुने भन्दै पर्यटक (टुरिस्ट) भिसामा दुबई पुर्‍याइएको हो ।

प्रतिव्यक्ति दुई लाखदेखि चार लाख तीस हजार रुपैयाँसम्म लिई भिजिट भिसामा दुबई ल्याएर अलपत्र पारेको सुदर्शन बिकले गुनासो गरे । ‘घरबाट ऋण काढेर कत्रो सपना बोकेर दुबई आएका थियौँ, यहाँ आएर काम नै पाइएन’ सुदर्शन भने, अब कसरी ऋण तिर्ने हो ?’

नेपाल फर्किन्छौँ भन्दा पनि पैसा फिर्ता नगरी बिचल्ली पारेको अर्को पीडित रामचन्द्र बिकले बताए । ‘दुबई विमानस्थलमा हामीलाई रिसिभ गरेर हामीसँग भएको डलर पनि लिएर गयो,’सुदर्शन थपे।

सहयोगको अपेक्षा

पीडितहरूले यूएईमा रहेको नेपाल एसोसिएसनलाई उद्धार गरी फसेको पैसा फिर्ता गराई पाउ भन्दै निवेदन दिएको बताएका छन् ।

एजेन्ट तामाङलाई सम्पर्कमा ल्याइ कानुनी दायरामा ल्याउन र आफूहरुलाई सकुशल नेपाल फर्किने वातावरण मिलाइदिन अबुधाबीस्थित नेपाली दूतावास, नेपाल सरकार, वैदेशिक रोजगार विभाग लगायत सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

एजेन्टले स्वीकारे ठगेको

सुशील दोङ तामाङले सुदिप सारु मगर, धन बहादुर बयम्बु र सुदर्शन बिकलाई मात्र दुबई ल्याएको बताए । अन्य एजेन्टमार्फत दुबई आएकाहरुको  जिम्मा आफूले नलिने उनले बताए ।

आफूले ल्याएको मध्य धन बहादुर बयम्बु नेपाल फर्किसकेको उनलाई अब ४५ हजार मात्र दिन बाँकी रहेको, सुदिप फर्किने तयारी रहेको र सुदर्शनको काम मिलेको र अफरलेटरको पर्खाइमा रहेको तामाङले बताए ।

 तामाङले कोबाट कति पैसा लिए ?

– राजु सुनाम – दुई लाख
– सुदिप सारु मगर – दुई लाख पचास हजार
– कुवेर तामाङ् – दुई लाख
– दिनेश सहनी – चार लाख
– सजिर हुसेन – दुई लाख
– विजयनन्द यादव – दुई लाख
– धन बहादुर बयम्बु – दुई लाख सत्तरी हजार
– रामचन्द्र बिक – चार लाख तीस हजार (दुई लाख फिर्ता गरेको)
– दावा लामा – एक लाख (तीन हजार दिराम)
– सुदर्शन बिक – चार लाख

पीडितहरूले सबै पैसा लिने तामाङ नै भएको बताएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ७ : ५९ बजे

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, रातभर उत्खनन गरिने

नुवाकोट – गत भदौ १० गते आएको भीषण बाढीका कारण

गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण

गोरखा – गोरखामा भेटिएका तीन वटा शवको सनाखत भएपछि आफन्तलाई

बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता

वासिङ्टन – नेपालको हिमालयको दुर्गम क्षेत्रमा विनाशकारी बाढी आएपछि भएको

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको श्रद्धाञ्जली, ‘यो दुःखमा नेपाल एक्लै छैन’

काठमाडौं– रसुवामा गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति चीनले गहिरो