हेरालुसँग हुर्केका बच्चाको व्यवहारमा उनीहरुकै प्रभाव : अध्ययन « Khabarhub

हेरालुसँग हुर्केका बच्चाको व्यवहारमा उनीहरुकै प्रभाव : अध्ययन


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाहिरका हेरालुसँग हुर्केका बालबालिकाहरुको व्यवहारमा उनीहरुकै प्रभाव पर्ने गरेको एक अध्ययनले देखाएको छ । स्विट्जरल्याण्डमा गरिएको अध्ययनका क्रममा जुरिचको विद्यालयका एक हजार ३०० बालबालिकालाई सहभागी गराइएको थियो ।

बाहिरका हेरालुको साथमा धेरै समय छोड्दा उनीहरुकै स्वभाव बालबालिकामा विकास हुने भएकाले बालबालिकालाई आफै स्याहारसुसार गर्न पनि अध्ययनकर्ताहरुले सुझाव दिएका छन् । “बच्चासँग सकेसम्म घरकै परिवारले समय विताउनु राम्रो हुन्छ, बाहिरका हेरालुसँग राखियो भने उनीहरुकै बानीअनुसारको व्यवहार बच्चाहरुमा पनि विकास हुने गरेको देखिएको छ,” अध्ययन प्रतिवेदनमा लेखिएको छ ।

यस्तो प्रभाव सामान्यतया प्राथमिकत कक्षाको अध्ययन सकिएपछि धेरै प्रकट हुने गरेको पनि अध्ययनले देखाएको छ । अध्ययनमा सहभागी बालबालिका मध्ये ६७ प्रतिशत बालबालिकालाई शिशु कक्षा भन्दा अगाडि पारिवारिक सदस्यभन्दा बाहिरकाले हेरचाह गर्ने गरेको पाइएको थियो । ती मध्ये ३२ प्रतिशतलाई दिवा हेरचाह केन्द्रमा राख्ने गरेको पाइएको छ ।

त्यसैगरी अरु २२ प्रतिशतलाई शिशु स्याहार केन्द्र र अर्को २२ प्रतिशतलाई पारिवारिक सदस्यभन्दा बाहिरका कुनै व्यक्तिले हेरचाह गर्ने गरेको अध्ययनले देखाएको छ । अध्ययनका अनुसार तीन प्रतिशतलाई भने छिमेकीले हेरचाह गरिदिने गरेका छन भने १२ प्रतिशतलाई धाइआमाले हेरचाह गर्ने गरेको पाइएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ५ : २३ बजे

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३