हेरालुसँग हुर्केका बच्चाको व्यवहारमा उनीहरुकै प्रभाव : अध्ययन « Khabarhub

हेरालुसँग हुर्केका बच्चाको व्यवहारमा उनीहरुकै प्रभाव : अध्ययन


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाहिरका हेरालुसँग हुर्केका बालबालिकाहरुको व्यवहारमा उनीहरुकै प्रभाव पर्ने गरेको एक अध्ययनले देखाएको छ । स्विट्जरल्याण्डमा गरिएको अध्ययनका क्रममा जुरिचको विद्यालयका एक हजार ३०० बालबालिकालाई सहभागी गराइएको थियो ।

बाहिरका हेरालुको साथमा धेरै समय छोड्दा उनीहरुकै स्वभाव बालबालिकामा विकास हुने भएकाले बालबालिकालाई आफै स्याहारसुसार गर्न पनि अध्ययनकर्ताहरुले सुझाव दिएका छन् । “बच्चासँग सकेसम्म घरकै परिवारले समय विताउनु राम्रो हुन्छ, बाहिरका हेरालुसँग राखियो भने उनीहरुकै बानीअनुसारको व्यवहार बच्चाहरुमा पनि विकास हुने गरेको देखिएको छ,” अध्ययन प्रतिवेदनमा लेखिएको छ ।

यस्तो प्रभाव सामान्यतया प्राथमिकत कक्षाको अध्ययन सकिएपछि धेरै प्रकट हुने गरेको पनि अध्ययनले देखाएको छ । अध्ययनमा सहभागी बालबालिका मध्ये ६७ प्रतिशत बालबालिकालाई शिशु कक्षा भन्दा अगाडि पारिवारिक सदस्यभन्दा बाहिरकाले हेरचाह गर्ने गरेको पाइएको थियो । ती मध्ये ३२ प्रतिशतलाई दिवा हेरचाह केन्द्रमा राख्ने गरेको पाइएको छ ।

त्यसैगरी अरु २२ प्रतिशतलाई शिशु स्याहार केन्द्र र अर्को २२ प्रतिशतलाई पारिवारिक सदस्यभन्दा बाहिरका कुनै व्यक्तिले हेरचाह गर्ने गरेको अध्ययनले देखाएको छ । अध्ययनका अनुसार तीन प्रतिशतलाई भने छिमेकीले हेरचाह गरिदिने गरेका छन भने १२ प्रतिशतलाई धाइआमाले हेरचाह गर्ने गरेको पाइएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ५ : २३ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस