प्रदीप ऐरीको अर्धशतकसँगै एपीएफको पहिलो जित « Khabarhub

प्रदीप ऐरीको अर्धशतकसँगै एपीएफको पहिलो जित


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नेपाल प्रो क्लब टी–ट्वान्टी क्रिकेट च्याम्पियनसीपमा पहिलो जित निकालेको छ । 

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा एपीएफले बंगादेशको ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको हो । 

बंगलादेशी क्लबले दिएको १ सय २६ रनको लक्ष्य एपीएफले १९ ओभरमा ३ विकेट गुमाएर भेटायो । एपीएफका लागि प्रदिप ऐरीले अविजित रहँदै सर्वाधिक ५४ रन र दीपक बोहोराले ४२ रन बनाए ।

प्रदिपले ५८ बलमा ६ चौका प्रहार गरी ५४ रन जोड्न सफल भए । साथै दिपक बोहोराले ३८ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४२ रन जोडे । 

टस जितेर पहिले ब्याटिङ गरेको ट्यालेन्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रन बनायो । ट्यालेन्टका लागि असदुजमान बरेनायोले ३० रन र शरियारे रिमनले २२ रन जोडे ।

एपीएफका लागि प्रदिप ऐरी र भुवन कार्कीले २–२ विकेट लिए । प्रतियोगितामा कुल ८ टोलीको सहभागीता रहेको छ ।

४-४ टोलीलाई ए र बी मा विभाजन गरिएको छ । यो खेल सकिँदा एपीएफ समुह बीको तेस्रो स्थानमा रहेको छ । पराजित बंगलादेशी टोली समुहको पुछारमा छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  २ : ०५ बजे

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त