निर्वाचनसम्बन्धी आचारसंहिताको पालनाका लागि ध्यान दिन प्रधानमन्त्री देउवाको आग्रह  « Khabarhub

निर्वाचनसम्बन्धी आचारसंहिताको पालनाका लागि ध्यान दिन प्रधानमन्त्री देउवाको आग्रह 


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनसम्बन्धी आचारसंहिताको पालनाका लागि ध्यान दिन आग्रह  गरेका छन् ।

आज शहरी विकास मन्त्रालयले काठमाडौँमा आयोजना गरेका राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करीडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीको उद्घाटन गर्दै निर्वाचनसम्बन्धी आचारसंहिता लागू भइसकेकाले त्यसलाई ध्यान दिन पनि सबैलाई आग्रह गरेका हुन् । आगामी दिनमा सरकारी कार्यक्रमहरु आचारसंहितालाई ध्यानमा राखेर गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै प्रधानमन्त्री देउवाले युटिलिटी करिडोरको अवधारणा कार्यान्वयन गर्न ठूला शहरमा आगामी वर्षदेखि नै पाइलट प्रोजेक्ट सुरु गरिने बताए ।

शहरीकरणमा देखिएमा समस्या तथा चुनौतिहरुलाई सम्बोधन गर्न नयाँ शहरी नीतिमार्फत समुन्नत राष्ट्रिय शहरी विकास र शहरी प्रणालीको विकास गर्नुपर्ने उनले बताए । उनले काठमाडौँ उपत्यकामा देखिएका फोहर व्यवस्थापनको समस्या समाधानका लागि फोहरबाट ऊर्जा उत्सर्जनमा मन्त्रालयले ध्यान दिनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशी चरित्रको संविधानलाई नरुचाउनेले कुनै न कुनै रुपले यसलाई विघटन गर्ने वा अर्को दिशातर्फ लैजाने कसरत गरिरहेको बताएका छन् । उनले विकास निर्माणसम्बन्धी कानून बनाउँदा मुलुकमा भएका परिवर्तनलाई सम्बोधन गर्न जरुरी रहेको उल्लेख गरेका छन् । त्यस्तै प्रचण्डले शहरलाई व्यवस्थित गर्ने सन्दर्भमा भएका कमीकमजोरीको समीक्षा गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकको नयाँ विकासको खाका अनुसार प्रारुप दिनुपर्नेमा जोड दिए। दिर्घकालीन नीतिका आधार बनाएर मुलुकको विकासको बाटो तयार गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय शहरी नीति, शहरी विकास ऐनका विषयमा सरोकारवाला सबैसंग सुझाव लिएर अघि बढ्ने धारणा राखिन् ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  २ : ४८ बजे

आज २०८३ साल असार ३० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको