सरकारले पुँजीगत खर्च गर्न सकेन, आठ महिनामा ७७ अर्ब मात्र सकियो « Khabarhub

सरकारले पुँजीगत खर्च गर्न सकेन, आठ महिनामा ७७ अर्ब मात्र सकियो


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि सरकारले पुँजीगत खर्च गर्न सकेको छैन ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा सरकारले मात्र ७७ अर्ब १५ करोड रुपैयाँ पुँजीगत खर्च गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्ममा संघीय सरकारले कुल ६ खर्ब ७५ अर्ब ३० करोड रुपैयाँ खर्च गरेको कार्यालयले जनाएको छ ।

उक्त अवधिमा चालुतर्फ ५ खर्ब ३८ अर्ब ४४ करोड रुपैयाँ, पुँजीगततर्फ ७७ अर्ब १५ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गत ५९ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ ।

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा संघीय सरकारको कुल राजस्व ६ खर्ब ८४ अर्ब ७० करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँड हुने रकम समेत) परिचालन गरेको छ ।

यसमध्ये कर राजस्वतर्फ ६ खर्ब २७ अर्ब ९० करोड रुपैयाँ र गैर कर राजस्वतर्फ ५६ अर्ब ८० करोड रुपैयाँ परिचालन भएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ३ : १४ बजे

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु