प्रो क्लब क्रिकेटमा मलेसियाको दोस्रो जित « Khabarhub

प्रो क्लब क्रिकेटमा मलेसियाको दोस्रो जित


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेसिया ११ ले नेपाल प्रो क्लब च्याम्पियनसिपमा दोस्रो जित निकालेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा मंगलबार भएको खेलमा मलेसियाले नेपाल पुलिस क्लबलाई १ विकेटले पराजित गर्दै जित निकालेको हो  ।

टस जितेर बलिङ रोजेको मलेसियाले नेपाल पुलिसलाई १९ ओभर ४ बलमा ९९ रनमै समेट्न सफल भयो । नेपाल पुलिसका लागि प्रेम तामाङले अविजित २८ रन र पवन सर्राफले २५ रन जोडे । 

१०० रनको लक्ष्य मलेसियाले १७ ओभरमा ९ विकेट गुमाएर भेटायो । मलेसियाको जितमा नजरिल रहमानले २७ र शर्विन मुनियान्दीले अविजित १८ रन जोडे ।

नेपालका पवन सर्राफले ३ तथा सागर ढकाल, करन केसी, मन्जित श्रेष्ठ र गुल्सन झाले १–१ विकेट लिए । खेल जितेसँगै मलेसिया ४ अंकसहित समुह ए तालिकाको दोस्रो स्थानमा छ । पराजित भएको नेपाल पुलिस भने तालिकाको पुछारमा छ । तालिकामा रूपन्देही ११ ४ अंकसहित शीर्ष स्थानमा छ भने पुश स्पोर्टस २ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ६ : ११ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु