रुपन्देहीमा १२८ मतदानस्थल संवेदनशील, खटिए साढे चार हजार सुरक्षाकर्मी « Khabarhub

रुपन्देहीमा १२८ मतदानस्थल संवेदनशील, खटिए साढे चार हजार सुरक्षाकर्मी


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – रुपन्देहीमा स्थानीय तह निर्वाचनका लागि १२८ मतदान स्थललाई संवेदनशील सूचीमा राखिएको छ । त्यसमध्ये ६२ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा छन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार ७८ वटा मतदानस्थल भने सामान्य सूचीमा छन् । सुरक्षा चुनौतीलाई मध्येनजर गर्दै मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको र अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको पाण्डेले जानकारी दिए।

निर्वाचनलाई लक्षित गर्दै रुपन्देहीमा चार हजार चार सुरक्षाकर्मी परिचालन गरिएको छ । म्यादी प्रहरी २४ सय, नेपाल प्रहरी १४ सय र सशस्त्र प्रहरी ६०० परिचालन गरिएको पाण्डेले बताए । तीन वटा घेरामा सुरक्षाकर्मी परिचालन गरिने छ ।

पहिलो घेरामा म्यादी, दोस्रोमा प्रहरी र तेस्रोमा सशस्त्र प्रहरी छन् । मोबाइल टोलीको रुपमा सेनालाई पनि खटाइने भएको छ । पाण्डेका अनुसार मतदानस्थलमा सुरक्षाकर्मी र कर्मचारी मतपत्रसहित पुगिसकेका छन् ।

रुपन्देहीमा ७ सय वटा मतदान केन्द्र छन् भने ६ लाख ३२ हजार ३६० मतदाता छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार रुपन्देहीमा ३८ राजनीतिक दल चुनावी प्रतिष्पर्धामा छन् । निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ९ : २० बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको