कैलालीका १३ वटै मतगणना स्थलमा सीसी क्यामरा जडान गरिने « Khabarhub

कैलालीका १३ वटै मतगणना स्थलमा सीसी क्यामरा जडान गरिने


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीका १३ वटै पालिकास्थित मतगणना स्थलमा सीसी टिभी क्यामरा जडान गरिने भएको छ ।

मतगणना स्थलको सुरक्षा र विश्वसनियतालाई ख्याल गरेर सीसी क्यामरा जडान गरिन थालिएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।

उनका अनुसार धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका लगायत केही स्थानमा क्यामरा जडान भइसकेको छ । केही पालिकाको मतगणना स्थलमा क्यामरा जडान गर्ने तयारी गरिएको उनले बताए ।

‘सबै राजनीतिक दल, उम्मेदवार र सरोकारवालाको सहकार्यमा मतगणना स्थलमा क्यामरा जडान गर्ने कार्य गरिरहेका छौं,’ भट्टले भने, ‘क्यामरा जडानपछि सहज हुनेछ ।’

उनले कैलालीका सबै ठाउँमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताए । सबै मतदान स्थलमा मतदान अधिकृत सहित निर्वाचन सामग्री पुगिसकेको छ ।

कैलालीमा २ सय ३६ मतदान स्थल तोकिएकामा ६ सय १९ मतदान केन्द्र राखिएका छन् । ती केन्द्रमा ३ हजार ९४ कर्मचारी खटाइएका छन् ।

५२ मतदान स्थल सुरक्षाका दृष्टिले अति संवेदनशील सूचीमा राखिएको छ । 

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ११ : १३ बजे

गगन–विश्व कारवाहीपछि महेश बस्नेतको टिप्पणी- ‘लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए’

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो

बङ्गलादेशमा निर्वाचनअघि आगमन भिसा निषेध

एजेन्सी– बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा

जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू जीवनमा पहिलो पटक

नेपाल दूरसञ्चार कम्पनीको साधारणसभा सम्पन्न

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारणसभा बुधबार सम्पन्न