केपिलासगढी गाउँपालिकामा नमुना मतगणना « Khabarhub

केपिलासगढी गाउँपालिकामा नमुना मतगणना


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको केपिलासगढी गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले नमुना मतगणना गरेको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनको मतगणनाको अभ्यासस्वरूप बिहीबार बिहान नमुना मतगणना गरिएको निर्वाचन अधिकृत राजकुमार राईले जानकारी दिए ।

निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेपछि  नमुना मतगणना गरिएको हो । निर्वाचनपछि मतगणना गर्ने अभ्यास र सीप विकासका लागि मत गणनाको रिहर्सल गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

केपिलासगढीमा मतगणनास्थललाई बाँसको भाटा र भलिबलको जाली प्रयोग गरेर घेरा लगाइएको छ । मतगणना गर्ने कर्मचारी र उम्मेदवारका प्रतिनिधि बस्ने ठाउँको बीचमा घेराबारा हालेर सुरक्षा व्यवस्था मिलाइएको छ । मतगणनास्थलमा सीसी क्यामेरा पनि जडान गरिएको निर्वाचन अधिकृत राईले बताए । 

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ११ : ३४ बजे

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको