विश्वमा खाद्य सुरक्षाका लागि पहल गर्नुपर्ने संयुक्त राष्ट्रसंघका महासचिवको भनाइ | Khabarhub Khabarhub

विश्वमा खाद्य सुरक्षाका लागि पहल गर्नुपर्ने संयुक्त राष्ट्रसंघका महासचिवको भनाइ


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वमा खाद्य सुरक्षाका लागि केही पहल गर्नुपर्ने बताएका छन् ।

उनले केही वर्षयतादेखि नै विश्वमा खाद्य सुरक्षाका लागि पहल गर्नुपर्ने अवस्था देखिँदै आएको तर युक्रेन र रुसबीच जारी द्वन्द्वका कारण पछिल्ला दिनमा यसको समस्या झन् बढी देखिएको बताए ।

विश्वमा दिन प्रतिदिन खाद्य संकट बढ्दै गएको भन्दै यसका लागि केही न केही गर्नुपर्ने उनको भनाइ छ । विश्वका मुलुकहरूलाई खाद्यान्नको सुरक्षाका लागि पनि विशेष खालका कार्यक्रमहरू लक्षित गर्न उनले आग्रह गरे ।

उनले अहिले विश्वमा खाद्य असुरक्षा बढ्दै गएको र त्यस्तै अवस्था आफूले हालै गरेको युक्रेन र रुसको भ्रमणका क्रममा पनि देखिएको खाद्य सुरक्षाका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

अष्ट्रियाको राजधानी भियनामा आयोजित पत्रकार सम्मेलनका क्रममा उनेले सो कुरामा जोड दिएका हुन् ।

रुस युक्रेनबीच जारी द्वन्द्वका कारण इन्धनको आपूर्तिमा समस्या देखिएको र त्यसबाट उत्पन्न भएको समस्याबाट हाल ती दुई देश मात्र नभएर बाहिरी विश्व पनि समस्यामा परेको महासचिव गुटरेसको भनाइ छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  १२ : ४४ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन