मौन अवधिका लागि अनुगमन प्रभावकारी « Khabarhub

मौन अवधिका लागि अनुगमन प्रभावकारी


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी- भोलि हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लामा मौन अवधिको अनुगमन प्रभावकारी बनाइएको छ । 

सो अवधिमा निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्ने गतिविधि नहोस् भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले अनुगमनलाई प्रभावकारी बनाएको सूचना अधिकारी निल पनेरुले जानकारी दिए। मौनअवधि सुरु भएपछि पैसा बाँड्न खोजिएको, सामाजिक सञ्जालमार्फत मत मागिएको जस्ता विषयमा मौखिक उजुरी आउने गरेको जनाउँदै उनले त्यस सम्बन्धमा अनुगमनलाई तीव्र बनाइएको जानकारी दिए।

मतदान गर्ने समय नजिकिँदै गरेका अवस्थामा आचारसंहिता विपरीत मतदाता प्रभावित गर्न हुनसक्ने पैसाको चलखेललगायतका गतिविधि रोक्न आज सबै सुरक्षा निकाय, निर्वाचन एवं प्रशासनका पदाधिकारी सहितको टोली अनुगमनका लागि परिचालन हुने उनले जानकारी दिए।

 अनुगमनका लागि करिब २० गाडी परिचालन गर्ने तयारी गरिएको जनाइएको छ । जिल्लामा भूगोलका दृष्टिले देशकै ठूलो पोखरा महानगरपालिकासहित चार वटा गाउँपालिका माछापुच्छ्रे, मादी, रुपा र अन्नपूर्ण छन् । यस निर्वाचनमा पोखरा महानगरपालिकामा दुई लाख सात हजार ७१२ जना मतदाता छन्,भने अन्नपूर्ण गाउँपालिकामा २० हजार ३४८ मतदाता छन् ।

     त्यस्तै माछापुच्छ्रे गाउँपालिकामा २० हजार ३१६, मादी गाउँपालिकामा १८ हजार ७८२ र रुपामा १४ हजार ६७५ मतादाता  छन् । निर्वाचनका लागि जिल्लामा ३३६ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ४ : ०० बजे

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा