फिनल्याण्डले नेटो सदस्यताका लागि आवेदन दिने « Khabarhub

फिनल्याण्डले नेटो सदस्यताका लागि आवेदन दिने


२९ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिनल्याण्डले नेटोमा सदस्यताका लागि आवेदन दिने भएको छ । फिनल्याण्डका राष्ट्रपति साउली निनिस्तो र प्रधानमन्त्री सन्ना मरिनले संयुक्त विज्ञप्ति जारी गर्दै नेटोमा सदस्यताका लागि आवेदन दिने जनाएका हुन् ।

‘अविलम्ब फिनल्याण्डले नेटो सदस्यताका लागि आवेदन दिनुपर्छ ।’ संयुक्त विज्ञप्तिलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । फिनल्याण्डका विदेशमन्त्री पेक्का हाभिस्तोले युक्रेनमाथि रुसी आक्रमणले फिनल्याण्डको सुरक्षा अवस्था परिवर्तन गराएको टिप्पणी गरेका छन् ।

यद्यपि उनले हाल आफ्नो मुलुकलाई तत्काल कुनै खतरा भने नरहेको स्पष्ट पारेको बीबीसीले जनाएको छ । यद्यपि यसबारे फिनल्याण्डमा गठित विशेष समितिले औपचारिक घोषणा भने आगामी आइतबार गर्ने बीबीसीले जनाएको छ ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि फिनल्याण्डले नेटोमा सदस्यता लिने महत्वपूर्ण नीतिगत निर्णय गरेको हो । फिनल्याण्डसँगै छिमेकी देश स्विडेनले पनि नेटोमा सदस्यताका लागि आवेदन दिने तरखर गरिरहेको बताइएको छ ।

पछिल्लो समय फिनल्याण्डमा नेटोमा सदस्यताका लागि उच्च जनसमर्थन रहेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार यसअघि २०–२५ प्रतिशत फिन्निसहरुले नेटो सदस्यताका लागि सकारात्मक प्रतिक्रिया दिएको भएपनि युक्रेनमाथि रुसी आक्रमणपछि भने यो बढेर ७६ प्रतिशत पुगेको छ ।

यता अर्को उत्तर युरोपेली मुलुक डेनमार्कले भने फिनल्याण्डलाई नेटोमा स्वागत गरिने प्रतिक्रिया दिएको छ । डेनिस प्रधानमन्त्री मेत्ते फ्रेडरिकसनले फिनल्याण्डको निर्णयले ‘नेटो र हाम्रो साझा सुरक्षा’ लाई बढाउने बताएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ४ : २९ बजे

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार