बबईमा डुबेर एक किशोरको मृत्यु  « Khabarhub

बबईमा डुबेर एक किशोरको मृत्यु 


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दाङमा एक किशोरको बबई नदीमा डुबेर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरुवा गाउँका १८ वर्षीय सुरज भट्टको बिहीबार दिउँसो डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए । साथीहरूसँग रमाइलो गर्न भनेर घरबाट गएका भट्टको दंगीशरण गाउँपालिका वडा नम्बर ४ स्थित बैवाङपुल नजिकै डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

भट्टको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ७ : १६ बजे

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको