७३ जनाकाे स्वास्थ्य चेकजाँच गराउँदा २६ महिलामा पाठेघरकाे समस्या « Khabarhub

७३ जनाकाे स्वास्थ्य चेकजाँच गराउँदा २६ महिलामा पाठेघरकाे समस्या


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- तिलागाउँ पालिका-५ डुङ्ग्री गाउँका महिला आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित देखिन्छन् ।

खासगरी गर्भवती महिला स्वास्थ्य चौकी टाढा हुँदा विभिन्न समस्याको सामना गर्न बाध्य छन् । डुङ्ग्री गाउँमा झन्डै ५० घरधुरी छ । तिला-३ मा रहेको बर्थिङ सेन्टरमा आउन झन्डै तीन घन्टा लाग्ने भएकाले पनि उनीहरू पाठेघरमा विभिन्न समस्या आउँदा पनि लुकाएर बस्न विवश छन् ।

शनिबार डुङ्ग्री गाउँमा रहेको भवानी आधारभूत विद्यालयमा जनस्वाथ्य सेवा कार्यालयले पाठेघरको मुखको क्यान्सर तथा पाठेघर खस्ने समस्या रोगथामसम्बन्धी शिविर सञ्चालन गर्दा ७३ महिलाले स्वास्थ्य चेकजाँच गराए । जसमा २६ जना महिला पाठेघरपीडित भएको पाइएको छ  ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सुरक्षित मातृत्व तथा परिवार नियोजन कार्यक्रम संयोजक मोर्चा शाहीका अनुसार ६ महिलाको पाठेघरमा रिङ पेसरी राखिएको छ । ‘हाम्रो लक्ष्य जतिसक्दो ग्रामीण भेगका महिलाले उपचार पाउन् भन्ने हो,’ उनले भनिन् । डुङ्ग्रीका महिलाले आफ्नो गाउँमै पाठेघरसम्बन्धी नि:शुल्क उपचार पाएको पहिलो पटक भएको बताएका छन् । यो शिविरले पीडित महिला हर्षित बनेका छन् ।

पाठेघरको समस्या लुकाएर बसेकी ५० वर्षीया सेतु रावतले भनिन्, ‘गाउँमै विशेषज्ञ डाक्टरको टोलीले पाठेघर समस्या भएका महिलाका लागि शिविर चलाउनु ठूलो राहतको विषय हो । पाँच वर्षदेखि पाठेघरको समस्याले ग्रसित थिएँ । लाज मान्ने बानीले गर्दा आफ्नो समस्या परिवारलाई भन्न सकेको थिइनँ । यसपटक गाउँमै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि सहज तरिकाले उपचार पाएकी छु ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. तिविनकुमार सिवाकोटीसहितको टोली उपचारका लागि डुङ्ग्री गाउँ पुगेको हो । जनस्वास्थ्य सेवा कार्यालयको आयोजनामा डुङ्ग्री गाउँका महिलाले निःशुल्क उपचार पाएका हुन् । ‘सानै उमेरमा आमा बन्ने, सुत्केरी हुँदा उचित सेवा र सुविधा नपाएकाले महिलाको पाठेघर खस्ने समस्या बढ्ने गरेको छ । त्यसैकारण जुम्लाका महिलामा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या धेरै आउने गरेको हो,’ उनले भने, ‘योनिबाट सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने अनि बस्न र हिँड्डुल गर्न गाह्रो हुने जस्ता समस्या महिलामा देखिएको छ ।’

चिकित्सकको टोलीले त्यहाँका महिलालाई पाठेघर खस्ने समस्या नलुकाउन, कम उमेरमा विवाह नगर्न, गर्भवती भएका बेला भारी नबोक्न, कडा काम नगर्न र स्वाथ्यचौकीमा गएर नियमित रूपमा जाँच गराउन महिलालाई सुझावसमेत दिएको छ ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सुरक्षित मातृत्व तथा परिवार नियोजनाका कार्यक्रम संयोजक मोर्चा शाहीले डुङ्ग्री गाउँमा महिला लामो समयदेखि पाठेघर समस्याले ग्रसित छन् भन्ने खबर पाएपछि प्रजनन स्वास्थ्यलाई लक्षित गरी विशेषज्ञसहितको टोलीले शनिबार शिविर सञ्चालन गरी उपचार गरेको बताइन् ।

उनका अनुसार लामो समयसम्म गर्भनिरोधका लागि अस्थायी साधन प्रयोग गर्न चाहना भएका महिलाका लागि, पाठेघरको मुखको क्यान्सरको जाँच, पाठेघर खस्ने समस्या रोकथाम तथा व्यवस्थापन र सेतो पानी बग्ने महिलाका लागि सेवा दिइएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  २ : ५४ बजे

योग दिवसको सन्दर्भमा आयुर्वेद क्याम्पसमा योगअभ्यास

काठमाडौं- अन्तर्राष्ट्रिय योग दिवसको १२औँ संस्करण आगामी जुन २१ मा

संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ

विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी

काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक

काठमाडौँ – विश्वकप फुटबल २०२६ को पहिलो खेलमा अर्जेन्टिनाका कप्तान