मुगुमा आइपुगे अपूरा पाठ्यपुस्तक « Khabarhub

मुगुमा आइपुगे अपूरा पाठ्यपुस्तक


२९ जेष्ठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- हिमाली जिल्ला मुगुमा अपूरा किताब पुगेका छन् । पुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारले शैक्षिक सत्र सुरु भएको करिब एक महिनापछि अपूरा किताब पुर्‍याएको हो । यद्यपि, अझै सबै कक्षाकाे पुस्तक आएको छैन ।

शैक्षिक सत्र सुरु भएको एक महिनापछि आएका पुस्तक पनि ४ देखि १० कक्षासम्मका मात्र रहेको जयलक्ष्मी पुस्तक भण्डारले जनाएको छ । जिल्लाका चार स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिकाका विद्यालयभित्रका विद्यालयहरूबाट मात्रै जयलक्ष्मी पुस्तक भण्डारले जिम्मा पाएको हो ।

कक्षा १ देखि १० सम्म पुस्तक खरिदको जिम्मा पाएको यस पुस्तक भण्डारले सदरमुकाम गमगढी बजारमा ४ देखि १० कक्षासम्मका मात्र किताब आई पुगेको जनाएको छ ।कक्षा १ देखि ३ सम्मका पुस्तक भने अझै आएको छैन । कक्षा ५ को पाठ्यपुस्तक पनि सामाजिक विषय मात्र आई पुगेको पुस्तक भण्डारका प्रोप्राइटर भाग्यराज भामले बताए ।

उनका अनुसार बाँकी पाठ्यपुस्तक एक दुई दिनभित्रै आई पुग्नेछन् । भामका अनुसार गत वर्षकाे तथ्यांक हेरेर छायाँनाथ रारा नगरपालिकाले एक सय १३ सेट पुस्तक माग गरेको थियो । तर, विद्यालयहरूले पाँच सय ३० सेट पुस्तक माग गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  २ : ५९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको