मुगुमा आइपुगे अपूरा पाठ्यपुस्तक « Khabarhub

मुगुमा आइपुगे अपूरा पाठ्यपुस्तक


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- हिमाली जिल्ला मुगुमा अपूरा किताब पुगेका छन् । पुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारले शैक्षिक सत्र सुरु भएको करिब एक महिनापछि अपूरा किताब पुर्‍याएको हो । यद्यपि, अझै सबै कक्षाकाे पुस्तक आएको छैन ।

शैक्षिक सत्र सुरु भएको एक महिनापछि आएका पुस्तक पनि ४ देखि १० कक्षासम्मका मात्र रहेको जयलक्ष्मी पुस्तक भण्डारले जनाएको छ । जिल्लाका चार स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिकाका विद्यालयभित्रका विद्यालयहरूबाट मात्रै जयलक्ष्मी पुस्तक भण्डारले जिम्मा पाएको हो ।

कक्षा १ देखि १० सम्म पुस्तक खरिदको जिम्मा पाएको यस पुस्तक भण्डारले सदरमुकाम गमगढी बजारमा ४ देखि १० कक्षासम्मका मात्र किताब आई पुगेको जनाएको छ ।कक्षा १ देखि ३ सम्मका पुस्तक भने अझै आएको छैन । कक्षा ५ को पाठ्यपुस्तक पनि सामाजिक विषय मात्र आई पुगेको पुस्तक भण्डारका प्रोप्राइटर भाग्यराज भामले बताए ।

उनका अनुसार बाँकी पाठ्यपुस्तक एक दुई दिनभित्रै आई पुग्नेछन् । भामका अनुसार गत वर्षकाे तथ्यांक हेरेर छायाँनाथ रारा नगरपालिकाले एक सय १३ सेट पुस्तक माग गरेको थियो । तर, विद्यालयहरूले पाँच सय ३० सेट पुस्तक माग गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  २ : ५९ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका