कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि जारी रहने « Khabarhub

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि जारी रहने


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहने भएको छ। पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक सुरु हुनेछ।

हिजोको बैठकमा केन्द्रीय सदस्यको बोल्नेक्रम जारी रहेकाले आज पुनः बैठक बस्न लागेको हो। बैठकमा सभापति देउवाले पार्टीलाई एकलौटी ढंगले चलाएको भन्दै केन्द्रीय सदस्यले आलोचना गरेका थिए।

उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगनकुमार थापाले बैठकको कार्यसूची र प्रवक्ता डाक्टर प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, प्रदीप पौडेल, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, कृष्णकिशोर घिमिरे, नारायणबहादुर कार्की, तारामान गुरुङ, दिनेशकुमार यादव, नैनसिंह महर, गुरु बराल, दिनेश कोइराला र आमन्त्रित प्रदेश सभापतिहरु उद्धव थापा, कृष्णप्रसाद यादव, इन्द्रबहादुर बानियाँ, शुक्रराज शर्मा, अमरसिंह पुन, ललितजंग शाही र बीरबहादुर बलायरले आ–आफ्नो धारणा राखेका थिए।

सोमबार सुरु भएको बैठकमा पहिलो दिन स्थानीय तह निर्वाचनको समीक्षा गरिएको छ। पहिलो दिन केन्द्रिय सदस्यहरुले स्थानीय चुनावमा भएका कमिकमजोरी हटाएर आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको तयारीमा लाग्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ९ : ३२ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।