राष्ट्रिय सभाको बैठक बस्दै, यी ६ विधेयक पेश गरिने « Khabarhub

राष्ट्रिय सभाको बैठक बस्दै, यी ६ विधेयक पेश गरिने


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु हुने बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएका विधेयकलाई सभासमक्ष टेबुल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९, सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक, २०७९,  नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ र खानेपानी तथा सरसफाइ विधेयक २०७६ उनले पेश गर्ने भएका छन् ।

त्यसपछि गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ’तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १० : ०४ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको