‘हेल्लो जिन्दगी’ लाई कोलकतामा अवार्ड « Khabarhub

‘हेल्लो जिन्दगी’ लाई कोलकतामा अवार्ड


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘हेल्लो जिन्दगी’ फिल्मले भारतको कोलकतामा हालै सम्पन्न रोयल सोसाइटी अफ टेलिभिजन एण्ड मोशन पिक्चर्स अवार्डमा ‘आउट स्ट्याण्डीङ्ग एचिभ्मेन्ट अवार्ड’ जितेको छ । एभरेष्ट सूर्य बोहरा निर्देशित र बिक्रम डि. जोशीद्धारा निर्मित तथा अभिनीत फिल्मले केही साता अघि गान्तोकमा सम्पन्न १६औँ संस्करणको गान्तोक इन्टरनेशनल फिल्म फेस्टिभलमा क्रिटिक्स च्वाइस् अवार्ड समेत जितेको थियो ।

भारत, युके, जापान, इजिप्ट, ताइवान, क्युबा, टर्की, इन्डोनेसिया, स्पेन, अष्ट्रेलिया, चीनलगायत थुप्रै देशका फिल्महरुले प्रतिस्पर्धा गरेको अवार्डमा आफू निर्देशित ‘हेल्लो जिन्दगी’ ले न्यारेटिभ फिचर फिल्म बिधाकम अवार्ड जितेको जानकारी निर्देशक बोहराले दिएका छन् । मासिक रुपमा आयोजना हुँदै आएको अवार्डमा ‘हेल्लो जिन्दगी’ जून महिनाको विजेता भएको हो । मासिक विजेता फिल्महरू स्वतः वार्षिक प्रतिस्पर्धामा छनौट हुने प्रावधान अवार्ड आयोजक संस्थाले गरेको छ ।

अभिनेता तथा निर्माता जोशीले आफ्नो फिल्मले एकपछि अर्को अन्तर्राष्ट्रिय अवार्ड जित्दा खुसी लागेको प्रतिक्रिया दिएका छन् । उनले अवार्डले आफूलाई फिल्म निर्माण र अभिनयमा अझ प्रेरित गरेको बताएका छन् । निर्देशक बोहराले आफ्नो मिहिनेत, सोच र प्रस्तुतिले पुरस्कार पाउँदा खुसी लागेको बताए । हाल अमेरिका निवासी बोहरा केही समयमै स्वदेश आइ नयाँ फिल्म निर्माण गर्ने तयारीमा छन् ।

गत चैत्र १८ गते देशभर प्रदर्शन भएको फिल्ममा बिक्रम डि जोशी, प्रियंका कार्की, दीपीका प्रसाईं, बिक्रान्त बस्नेत,  विल्सन बिक्रम राई, सविता गुरुङ तथा निर्देशक बोहरा स्वयम् प्रमुख भूमिकामा छन् ।   युके तथा नेपालमा खिचिएको फिल्मको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन् । निर्देशक बोहराकै कथा,पटकथा र गीत रहेको फिल्ममा सस्पेन्स प्रेमकथा प्रस्तुत गरिएको छ । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मसँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको फिल्मलाई नेपालमा आरआर फिल्मस्ले वितरण गरेको थियो ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ११ : ५४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु