भरतपुर विमानस्थल, क्रिकेट रंगशालालगायतका काम तत्काल अघि बढाउन प्रधानमन्त्रीको निर्देशन « Khabarhub

भरतपुर विमानस्थल, क्रिकेट रंगशालालगायतका काम तत्काल अघि बढाउन प्रधानमन्त्रीको निर्देशन


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर विमानस्थल विस्तार, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तरोन्नति, माडी क्षेत्रमा भूमिगत जलविद्युतलगायतका काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।

मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानसेनापति प्रभुराम शर्मा, मुख्यसचिव शंकरदास बैरागी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायतसँग भेटवार्तापछि प्रधानमन्त्री देउवाले रोकिएका सबै काम तुरुन्तै अघि बढाउन निर्देशन दिएका हुन् । 

अघिल्लो सरकारको पालादेखि नै चितवनमा रहेका यी विकासका काम रोकिएका थिए । ‘चितवन जिल्लाको समग्र विकाससँग सम्बन्धित विषयहरू भरतपुर एअरपोर्ट विस्तार, अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य, माडी क्षेत्रको भूमिगत विद्युतीकरणको कार्य रोकिएको विषय, माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तरोन्नति गर्नेलगायतबारे प्रधानमन्त्रीज्यूले तुरुन्त कार्य अगाडि बढाउन आवश्यक निर्देशन दिनुभयो,’ भरतपुर महानगरकी मेयर दाहालले भनिन् ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १२ : १६ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,