एनआरएनए यूकेका अध्यक्ष गाहामगर निलम्बित « Khabarhub

एनआरएनए यूकेका अध्यक्ष गाहामगर निलम्बित


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहामगर निलम्बित भएका छन् ।

एनआरएनए यूकेका महासचिव खुशी लिम्बूले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै एनआरएनए यूकेले केन्द्रमा तिर्नुपर्ने सदस्यता शुल्क नतिरेको र सम्बन्धन समेत नलिएको वर्तमान अवस्थामा संस्थाभित्र विवाद सुरु भएपछि गैरआवासीय नेपाली संघको पदाधिकारीको बैठकले अध्यक्ष कुल आचार्यको संयोजकत्व गठित एक उच्चस्तरीय छानवीन समितिले छानविनको प्रकृयाअघि बढाएपछि उनको पद स्वतः निलम्बनमा परेको जनाएका छन् ।

विज्ञप्तिमा बेलायतस्थित नेपाली समुदायलाई एनआरएनए यूकेको अध्यक्षको हैसियतमा प्रेम गाहा मगरलाई कुनै पनि कार्यक्रममा अतिथिको रुपमा बोलाउने, चन्दा लिने र चन्दा दिने कार्य तुरुन्तै बन्द गर्न गराउन अनुरोध गरिएको छ ।

गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष प्रेम गाहा मगरले संघको सदस्यता शुल्क केन्द्रमा नबुझाएपछि संस्थाको सम्बन्धन खारेजीको प्रकृयामा रहेको एनआरएनए यूकेले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १२ : ४२ बजे

अध्यादेशबाट हटाइए पुराना, तर सरकारसँग छैन नयाँ ल्याउने नयाँ तरिका

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था

सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत सहमतिका लागि आयोगको सिफारिस

काठमाडौं- राष्ट्रिय योजना आयोगले विभिन्न आठ वटा सडक आयोजनाको बहुवर्षीय

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म २६ करोड बढी राजस्व सङ्कलन

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत

चितवनका विद्यालयलाई ‘स्कुलबस सञ्चालन निर्देशिका’ कार्यान्वयन गर्न अनुरोध

चितवन- भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन

अमेरिका पक्षधर देशले हर्मुजमा कठिनाइको सामना गर्नुपर्ने इरानको चेतावनी

तेहरान- इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको पालना