देशका विभिन्न स्थानमा करेन्ट लागेर चार जनाको मृत्यु  « Khabarhub

देशका विभिन्न स्थानमा करेन्ट लागेर चार जनाको मृत्यु 


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कपिलवस्तु, धनुषा, रूपन्देही र बारामा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ । 

कपिलवस्तुको कपिलवस्तु नगरपालिका–३ डेरवा बस्ने २५ वर्षीया बिन्दा बासी पासीको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको हो । आफ्नै घरमा बिद्युत्को तार जोड्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको हो । 

धनुषाको जनकपुर उपमहानगरपालिका–४ सरंचियाकुट्टीस्थित रामजानकी काठ मिलमा काम गर्ने भारत घर भएका ४५ वर्षीय अरुण ठाकुरको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । 

रूपन्देहीको सियारी गाउँपालिका–६ मदनगंज बस्ने ४५ वर्षीय सर्वजित् लोहारको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ । आफ्नै घरको पङ्खा बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको क्रिमशन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । 

बाराको महागढीमाई नगरपालिका–२ ईनर्वा टोल बस्ने ६५ वर्षीय राम आशिष राउत कुर्मीको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १ : १३ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य