एनसेलले ल्यायो आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ « Khabarhub

एनसेलले ल्यायो आकर्षक डेटा अफर ‘डबल मजा प्याक’


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनसेल आजियाटा लिमिटेडले एक नौलो र आकर्षक डेटा अफर  ‘डबल मजा प्याक’ ल्याएको जनाएको छ। याे अफरले ग्राहकलाई  १२५ पर्ने डेटा प्याक पुनः खरिद गरि आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन प्रोत्साहन गरेको छ ।

 ग्राहकहरूले ७ दिनको समयसीमा रहेको ५ जीबी डेटा करसहित रु १२५ मा खरिद गर्छ  भने प्याकको समयसीमा सकिनु भन्दा पहिले नै सो प्याक पुनःखरिद गर्दछ भने उही शुल्क मा अब ५ जीबी को सट्टामा १० जीबी डेटा प्राप्त गर्न सक्ने छन् । यो अफर असार २४ गते सञ्चालनमा आएको हो 

समयावधि सकिनु अघि नै नयाँ प्याक लिएमा डेटा भोल्युम र समयावधि दुवै सोही अनुसार थपिदै जाने उक्त अफरको विशेषता हो । यदि कुनै ग्राहकले प्याक खरिद गरेको तीन दिनपछि सोही प्याक पुन खरिद गरेमा नयाँ १० जीबी उसको बाँकी डेटा भोल्युम मा जोडिन्छ र समयसीमा पनि बाँकी रहेको ४ दिनसहित ११ दिन हुन्छ। प्याक आवश्यकता अनुसार जति पटक पनि पुनः खरिद गर्न सकिनेछ भने कुल अधिकतम समयसीमा २८ दिनरहने छ ।

‘हामी आफ्ना ग्राहकलाई हाम्रो निरन्तरको प्रयास र नवीन सेवामार्फत उत्कृष्ट सेवा अनुभव र यसको उचित मूल्य प्रदान गर्न प्रतिवद्ध छौं। आफ्नो डेटा को सीमा सकिने कुनै चिन्ता नगरी सुलभ डेटा सेवाबाट फाइदा लिन पाइने भएकाले नयाँ डबल मजा प्याकले ग्राहकलाई ठूलो महत्व राख्दछ,’ एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने।

एनसेल का ग्राहकले एस्ट्रिक १७१२३ एस्ट्रिक्स २२ ह्यास डायल गरि यो प्याक सजिलै सुचारु गर्न सक्ने छन् । ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र इ-सेवा, खल्ती, आइएमई पे जस्ता वालेट बाट पनि यो प्याक खरिद गर्न सक्ने छन्।

यो अफर अन्तर्गत ल्याइएको प्याक ले सुलभ दर मा डेटा सेवाको पहुँच प्रदान गदै ग्राहकलाई मूल्य प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ। ग्राहकले यस अफर अन्तर्गत एनसेलको डेटा सेवाको फाइदा जहाँ र जहिले पनि लिन सकिने कम्पनीले जनाएको छ । 

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  २ : ०३ बजे

भ्रष्टाचारमाथि कडा प्रहार गर्ने सरकारको योजना, दलीय ट्रेड युनियन नराख्ने

काठमाडौं– वालेन्द्र शाह नेतृत्वको सरकारले संसद्मा प्रतिनिधित्व गर्ने ६ राष्ट्रिय

अठार वर्षदेखि जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ

कञ्चनपुर– जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका

टोखामा सपनतीर्थ मेला सुरु, बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं– धार्मिक, सांस्कृतिक एवम् पुरातात्विक महत्त्व बोकेको टोखामा सपनतीर्थ मेला

सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’मा अटायो संसद्‍का ६ दलको घोषणा पत्र

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले संसद्मा प्रतिनिधित्व गर्ने ६ राष्ट्रिय

सरकारले सार्वजनिक गर्‍यो राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ)

काठमाडौं- सरकारले राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक गरेको छ । मंगलबार